बिहीबार, वैशाख २४, २०८३

अस्पतालमा आगो लाग्दा ११ कोरोना संक्रमितको ज्यान गयो

भारतको महाराष्ट्र राज्यको अहमदनगरमा शनिबार एउटा सरकारी अस्पतालमा आगलागी हुँदा ११ जना कोरोना संक्रमितको जलेर ज्यान गएको छ।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

National life

पूणे (भारत)– भारतको महाराष्ट्र राज्यको अहमदनगरमा शनिबार एउटा सरकारी अस्पतालमा आगलागी हुँदा ११ जना कोरोना संक्रमितको जलेर ज्यान गएको छ। घटनमा एक जना गम्भीर घाइते भएका छन्। अस्पतालको आईसीयूमा बिहान ११ बजे आगो सल्किएको अहमदनगरका जिल्ला अधिकारी राजेन्द्र भोसले बताएका छन्। विद्यत् सर्ट भएर लागेको आगो निभाउन करिब दुई घण्टा लागेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमा आगलागीमा ज्यान गुमाएका परिवारका सदस्यप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। यसैबीच महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले मृतकका परिवारका सदस्यलाई क्षतिपूर्तिस्वरुप ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले आफू पीडित परिवारको साथमा रहेको भन्दै कांग्रेस कार्यकर्तालाई राहतमा जुट्न अपिल गरेका छन्। द वायरबाट


प्रकाशित: Nov 06, 2021| 18:53 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।