आइतबार, असोज २५, २०८३

आशु कविता लेखन प्रतियोगितामा विजयीलाई पुरस्कार

आख्यान तथा बाल साहित्यकार रमेश विकलको ९४औँ जन्मजयन्तीको अवसरमा आशु कविता लेखन तथा वाचन प्रतियोगिताबाट छनौट भएकालाई पुरस्कार वितरण गरिएको छ
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- आख्यान तथा बाल साहित्यकार रमेश विकलको ९४औँ जन्मजयन्तीको अवसरमा आशु कविता लेखन तथा वाचन प्रतियोगिताबाट छनौट भएकालाई पुरस्कार वितरण गरिएको छ।

अभिनव साहित्य समाजले असोज ९ गते सम्पन्न गरेको माध्यमिक विद्यालय स्तरीय ‘आशु कविता लेखन प्रतियोगिता’का विजयीलाई पुरस्कार वितरण गरिएको हो। पुरस्कार प्राप्त गर्नेमा एम्विशन एकेडेमी काठमाडौँका प्रविज्ञा नेपाल,  शिक्षा शिशु सदन धनगढीका विभूति अधिकारी, जी.एस. निकेतन हेटौंडाका समर्पण न्यौपाने क्रमश प्रथम, द्वितीय र तृतीय भएका थिए। सान्त्वना पुरस्कार पाउनेमा इष्ट पोल मा.वि.का दिलाशा तिवारी र सुसंस्कार मा.वि. काठमाडौंका वन्दना जयसवाल रहेका छन्।

रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरूपमा  विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार वितरण गरिएको हो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकास आयोजनाका साथै नगरपालिकाले भाषा साहित्यको विकासमासमेत उल्लेख्य योगदान गरेको बताए। आगामी दिनमा पनि साहित्यिक क्षेत्रलाई प्रोत्साहन गरिने उनको प्रतिबद्धता छ।

सो अवसरमा  नेपाल ललित कला प्रतिष्ठानका कुलपति के के कर्माचार्य र गोविन्दप्रसाद घिमिरे वेदमणि, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रतिष्ठानका महासचिव विजय चालिसे, अभिनवका सचिव परशुराम पराजुली, प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेललगायतले रमेश विकलको कृतित्व र व्यक्तित्व बारे धारणा राखेका थिए। 

प्रकाशित: Nov 06, 2021| 17:13 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।