शुक्रबार, वैशाख १८, २०८३

सियरा लियोनमा ट्यांकर विस्फोट हुँदा ९१ जनाको मृत्यु

फ्रिटाउनको व्यस्त सहरमा ४० फिट लामो ट्यांकर अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको थियो। स्थानीय सञ्चारसंस्थाले प्रशारण गरेको सीसीटीभी फुटेजमा सडक वरपर पूरै डडेको देखिएको छ।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

फ्रिटाउन (सियरा लियोन)- अफ्रिकी राष्ट्र सियरा लियोनको राजधानी फ्रिटाउनमा ट्यांकर विस्फोट हुँदा कम्तीमा पनि ९१ जनाको मृत्यु भएको छ। विस्फोटमा परी दर्जनौँ घाइते भएको बीबीसीले जानकारी दिएको छ। 

National life

फ्रिटाउनको व्यस्त सहरमा ४० फिट लामो ट्यांकर अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको थियो। स्थानीय सञ्चारसंस्थाले प्रशारण गरेको सीसीटीभी फुटेजमा सडक वरपर पूरै डढेको देखिएको छ। 

त्यहाँका राष्ट्रपति जुलयस माड्डा बायोले विस्फोटको घटना दुखद् भएको र जनधनको क्षतिप्रति दुःख  व्यक्त गरेका छन्। दुर्घटनाबाट प्रभावित व्यक्तिका परिवारलाई सरकारले हरतरहको सहयोग गर्ने उनले लेखेको ट्विटमा उल्लेख छ। 

फ्रिटाउनकी मेयर अकी सयेरले ठूलो क्षति भएको अनुमान गरिएको भएपनि विस्तृत विवरण आइनसकेको बताइन्। यद्यपि उनले एक सय जनाभन्दा बढीको मृत्यु नभएको दाबी गरिन्। रोयटर्सले पनि ९१ जनाको शव भेटिइसकेको उल्लेख गरेको छ। 

अहिले उद्धार तथा राहका काम भइरहेको स्थानीय प्रहरीले बताएको छ।

प्रकाशित: Nov 06, 2021| 16:26 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।