मंगलबार, फागुन २६, २०८२

भारत र न्युजिल्यान्डको सेमिफाइनल सम्भावना जीवितै

भारतले स्कटल्यान्डमाथि आठ विकेटको जित हासिल गर्दै टीट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित राखेको छ।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- भारतले स्कटल्यान्डमाथि आठ विकेटको जित हासिल गर्दै टीट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित राखेको छ। शुक्रवार भारतीय बलरहरूले स्कटल्यान्डलाई १७ ओभर ४ बलमा ८५ रनमा रोकेका थिए।

National life

भारतका लागि मोहम्मद सामी र रविन्द्र जडेजाले समान ३-३ विकेट लिए स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले सर्बाधिक २४ रन  बनाए। ८६ रनको लक्ष्य पछ्याएको भारत ६ ओभर ३ बलमा ८९ रन बनाएर जित हासिल गर्न सफल भयो। केएल राहुलले ५० रनको इनिङ खेल्दा रोहितले ३० रनको योगदान गरे। 

शुक्रबारको जितपछि सुपर-१२ को समूह-२ मा  भारत नेट रनरेटमा अफगानिस्तानलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। चार खेलको समाप्तीसम्म शतप्रतिशत जितको यात्रालाई कायम राखेको पाकिस्तान आठ अंकका साथ शीर्ष स्थानमा रहँदा तीन जित हासिल गरेको न्युजिल्यान्ड ६ अंकका साथ दोस्रो स्थानमा छ।

भारत र अफगानिस्तानको खातामा समान चार अंक भए पनि भारत स्कटल्यान्डमाथिको प्रभावशाली जितपछि नेट रनरेटमा अगाडि बढेको छ। भारतको रनरेट १.६१९ पुग्दा अफगानिस्तानको १.४८१ छ।

एक खेलमा जित हासिल गरेको नामिबिया दुई अंकका साथ पाँचौं स्थानमा रहँदा सबै चार खेलमा पराजय भोगेको स्कटल्यान्ड पुछारमा छ। समूहबाट पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। अब भारत सेमिफाइनल पुग्नका लागि न्युजिल्यान्ड आइतबार अफगानिस्तानसँग पराजित हुनुपर्नेछ। त्यसपछि सोमबार नामिबियालाई फराकिलो अन्तरमा हराउन सके भारतको अन्तिम चार यात्रा पक्का हुनेछ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 06, 2021| 19:00 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।