बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकातिर ब्यान्ड भर्सेस ब्राण्ड, अर्कातिर घरेलु मदिरा नष्ट

एकातिर ब्यान्ड भर्सेस ब्राण्ड, अर्कातिर घरेलु मदिरा नष्ट

प्रदेश नम्बर १ की पूर्वसामाजिक विकासमन्त्री एवं एमाले नेतृ उषाकला राईले घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान चलाइरहेको अवस्थामा खोटाङमा घरेलु मदिरा नष्ट गरिएको छ।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

खोटाङ- प्रदेश नम्बर १ की पूर्वसामाजिक विकासमन्त्री एवं एमाले नेतृ उषाकला राईले घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान चलाइरहेको अवस्थामा खोटाङमा घरेलु मदिरा नष्ट गरिएको छ। 

‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता राईकै जिल्लामा इलाका प्रहरी कार्यालय हलेसीले हलेसी बजारका स्थानीय महिलाले उत्पादन गरेको घरेलु मदिरासहित कच्चा पदार्थ नष्ट गरेको हो। १५ कात्तिक सोमबार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद कार्कीको नेतृत्वको प्रहरी टोलीले ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधिसहितको रोहवरमा नष्ट गरेको हो। 

६ चैत २०७६ मा दिक्तेलबजारमा नौ हजार मूल्य बराबरको करिब ६० लिटर मदिरा जफत गरेर नष्ट गर्दा नेतृ राईले जनप्रतिनिधिको हैसियतमा पहिलोपल्ट सार्वजनिक रूपमा विरोध जनाएकी थिइन्। नेतृ राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’को चर्चा चलाउन सुरु गरेसँगै जिल्लामा मदिरा बरामद गर्ने र नष्ट गर्ने अभियानबाट प्रशासन र प्रहरी केही पछि हटेको थियो। 

‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानको थालनीसँगै स्थानीय स्तरमा पनि घरेलु मदिराको औद्योगीकरणका विषयमा खुलेर बहस हुन थालेको छ। १५ असार २०७७ मा प्रदेश संसदको विनियोजन विधेयकमाथिको छलफलका क्रममा राईले घरेलु मदिरालाई व्यवसायीकरण र औद्योगीकरण गर्न सके सिंगो देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिइन्। 

घरेलु मदिरालाई ब्याण्ड (प्रतिबन्ध) गर्ने हो भने विदेशी मदिरालाई पनि प्रतिबन्ध गर्नुपर्ने पूर्व मन्त्री राईले बताउँदै आएकी छन्। घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि उनकै पहलमा ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिवेदन तयार पारिसकिएको छ। 

राईले लोकल रक्सीमाथिको प्रतिबन्ध हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि किरात राई यायोक्खाले १६ साउन २०७७ मा खोटाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घरेलु मदिराको प्रवर्द्धन र प्रोत्साहनका लागि कानुनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो।   -न्युज कारखाना 

प्रकाशित: Nov 06, 2021| 14:34 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।