बुधबार, भदौ ३, २०८३

बाँसले बजार पाउन थाल्यो, आम्दानी लिँदै किसान

सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ। जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

तेह्रथुम- सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ। जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो। 

गाउँमा सामान्य डोको, डालो, थुन्से, नाम्लोलगायतका सामाग्री बनाएर बिक्री गर्दा आएका किसानहरू बाँसले बजार पाउन थालेपछि आम्दानी लिन थालेका छन्। गाउँका बस्तीहरूमा सडक सञ्जालहरू जोडिएसँगै यहाँका बाँसले मूल्य पाउन थालेको हो। 

करेसाबारी बार्न र सामान्य घरमा दाउरको रूपमा मात्र प्रयोग हुँदै आएको बाँस बिक्री हुन थालेपछि किसानहरू खुसी भएका छन्। बाँस बिक्रीबाट मात्र यो साल एक लाख ५० हजार आम्दानी लिएको ओख्रेका धनपती ढकालले बताए। 

‘बार लगाउन, दाउरा पोल्न, केही घरगोठ बनाउनका लागि मात्र प्रयोग गथ्र्याे, प्रयोग नभएको बाँस कुहिएर जान्थ्यो। तर, अहिले बजार पाएपछि हामीले राम्रो आम्दानी लिएका छौ’, ढकाल भन्छन्।

ढकालजस्तै म्याङलुङका १० का पुकराज लिम्बूले बाँस बिक्रीबाट राम्रै आम्दानी लिएका छन्। बाँसले बजार मात्र पाएको छैन, गाउँमा कामको खोजीमा भौँतारिरहेका युवाहरू रोजगार बनेका छन्। रोजगार नहुँदा क्याराम बोर्ड, लुँडो र घरकै काममा रहेका युवाहरूले रोजगार पाउँदा परिवारमा गर्जाे टार्नसमेत सहज भएको स्वस्तीका लिम्बूले बताइन्। 

केही वर्षअघिसम्म जंगलमै कुहिएर गएको बाँस यतिबेला यहाँका किसानको आम्दानीको स्रोत बनेको छ। प्रति गोटा ३० देखी ५० रुपैयाँसम्म व्यापारीहरूले खरिद गर्दै आएका छन्।

जिल्लाको गाउँ गाउँमा रहेको बाँस काठमाडौं, काभ्रेको पाँचखाललगायत विभिन्न स्थानहरूमा निर्यात हुन थालेको छ। घर निमार्ण तथा तरकारी खेतीका लागि बाँस निर्यात हुने गरेको नविन ढकालले बताए। बाँस बिक्री हुन थालेपछि खाली जमिनहरूमा किसानहरूले बाँस रोप्न थालेका छन्। 

प्रकाश पाक्साँवा/न्युज कारखाना 

प्रकाशित: Nov 06, 2021| 11:01 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।