आइतबार, असोज २५, २०८३

सामान्य विवादमा लाठी प्रहार गरी श्रीमतीको हत्या

दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको ज्यान गएको छ।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको ज्यान गएको छ। गढवा गाउँपालिका-६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादको क्रममा श्रीमती सुनितालाई लाठीले टाउको, घाँटीलगायतमा आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई छोरामध्ये एउटा छोरा तिहार मनाउन गएको र अर्को छोरा गाउँमा साथीको घरमा गएको बेला श्रीमान श्रीमतीबीच विवाद भएको प्रहरीको भनाइ छ।

सुनिता थापाकी कान्छी श्रीमती हुन्। हत्या आरोपित थापा भने फरार रहेको र खोजीकार्य थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 06, 2021| 10:34 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।