काठमाडौं- आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। अन्य प्रदेशमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।