बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय पुरस्कार

प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय पुरस्कार

प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत मल्ललाई ११औं राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको हो।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उनलाई पुरस्कार प्रदान गर्ने जनाएको छ।

डा. मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइकी प्रमुख हुन्। उनले राजधानी किन्सासामा एकाइ स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

प्रकाशित: Nov 06, 2021| 07:39 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।