बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरमा दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा चारको मृत्यु

ललितपुरमा दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा चारको मृत्यु

लक्ष्मीकृष्णको चार तले कच्ची घरमा आगलागी हुँदा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रत्ना र १० वर्षका नाति निर्जलको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका असई समीर आचार्यले बताए।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- शुक्रबार नेवार समूदायको म्ह: पूजा। ललितपुरको मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि म्ह: पूजा मनाउन व्यस्त थियो।

तिहार र म्ह: पूजा भएकाले उनको परिवार मिठा-मिठा परिकार बनाउन व्यस्त थियो। तर, पौने सात बजेतिर घरमा विस्फोटको आवाज सुनिन्छ। प्रहरीका अनुसार खाना पकाइरहेको समय ग्यास लिक भएर सिलिन्डर पड्किँदा लक्ष्मीकृष्णसहित चार जनाले ज्यान गुमाएका छन्।

लक्ष्मीकृष्णको चार तले कच्ची घरमा आगलागी हुँदा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रत्ना र १० वर्षका नाति निर्जलको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका असई समीर आचार्यले बताए।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको र त्यही दियोले आगलागी भएको हुनसक्ने अनुमान गरिएको बताएका छन्।

'शुक्रबार साँझ म्ह: पूजाको तयारी भइरहेका बेला मंगलबजारको साँघुरो गल्ली ललितपुर महानगर–१२ चक्रबहिलमा रहेको घरको तेस्रो तलमा ग्यास सिलिन्डर विस्फोट भएको हो। ग्यास सिलिन्डर कसरी विस्फोट भयो भन्ने बारे खुल्न सकेको छैन। हामीले अनुसन्धान गरिरहेका छौं', नेपाल समयसँग कुरा गर्दै उनले भने।

घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा ४२ वर्षका नीरज ताम्राकार र ३२ वर्षकी सिर्जना ताम्राकार रहेका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। सिर्जनाको अवस्था गम्भीर छ। 

सिलिन्डर विस्फोट हुँदा उनीहरू हाम फालेर बाचेको प्रहरीले जनाएको छ।

दियोबाट आगो सल्किएको अनुमान

प्रहरीले दियोबाट आगलागी भएको अनुमान गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको र त्यही दियोले आगलागी भएको हुनसक्ने अनुमान गरिएको बताएका छन्।

'दोस्रो तलामा राखेको दियोको आगोले सबभन्दा पहिला झ्यालको पर्दा टिप्यो। परिवारका सबै जना माथिल्लो तल्लामा पूजामा व्यस्त रहेकाले तल्लो तल्लाबाट आगो सल्किन थालेको कसैले चाल पाएनन्। र, माथिल्लो तलासम्मै पुगेर आगोले सिलिन्डरमा टिप्यो। त्यसपछि पड्कियो', उनले भने।

पर्दामा लागेको आगो पुरानो घर भएकाले दन्किएको उनले बताए।  

प्रकाशित: Nov 06, 2021| 07:27 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।