बुधबार, भदौ ३, २०८३

किसानलाई फूल-माला बेच्ने चटारो

घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ। कोही फुल टिपी रहेका छन्, कोही माला गाँस्दैछन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

तनहुँ- घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फूलेको छ। कोही फूल टिपी रहेका छन्, कोही माला गाँस्दैछन्। केहीले बजारमा फूल मालाको स्टल राखेर विक्री गरिरहेका छन् त केहीले अर्डर अनुसार ग्राहकको घरदैलोमा फूल माला पुर्‍याउन खटिएका छन्। घरमै आएका ग्राहलाई फूलका थुंगा विक्री गरिरहेको देखिन्छ। 

भिमाद नगरपालिका–८ भागरका कृष्णबहादुर विश्वकर्माको ४ जनाको परिवारलाई बुधबारदेखि सयपत्री फूलले व्यस्तता  बढाई दिएको छ। फुर्सदमा तिहार मनाउने उनको परिवारसँगै छरछिमेकलाई पनि सयपत्रीले व्यस्त बनाएको हो। ‘परिवारबाहेक छरछिमेक र आफन्त १० जना बढीको पनि सहयोग लिइरहेका छौँ’, उनले भने। 

होलसेल व्यापारीलाई नदिएर आफैँले ग्राहकको हात हातमा पु-याउँदा झनै व्यस्त बनाएको उनको भनाई छ। ‘व्यापारीलाई दिदाँ हामीलाई कम मूल्य पर्ने ग्राहकलाई पनि मंहगो मूल्य पर्ने भएपछि बरु आफैँले केही सस्तोमा बेच्दा दुवैलाई फाइदा हुन्छ भनेर खेरैनीटार र दुलेगौँडा बजारमा स्टल राखेर बेचिरहेका छौँ’, उनले सुनाए।  गत वर्षसम्म मकैखेती गर्ने बारीमा यसपालि कृष्णबहादुरको परिवारले आठ सय सयपत्रीको बेर्ना लगाएको थियो। एउटै बोटमा एक सय थुुंगासम्म फूलेको छ। जसले अर्को वर्ष फूल खेती विस्तार गर्नलाई उत्साह थपेको उनी बताउँछन्।

भोलि शनिवार तिहारको मुख्य दिन भाइटिका। तिहार दिदीबहिनी र दाजुभाइबिचको सामीप्यतासँगै फूल र झिलिमिली बत्तीको चाड हो। सांगीतिक चाडको रूपमा पनि तिहारलाई लिइन्छ। तिहारमा दिदी बहिनीले दाजुभाइलाई सयपत्री र मखमलीको माला गलामा पहिराइदिने भएकाले फूलको विशेष महत्त्व छ। 

व्यवसायिक तरिकाले फूल खेती गरेका किसानको सिजन तिहार भएकाले व्यस्तता तिहार सुरु भएसँगै बढेको हो। फूल टिपेर माला गाँस्ने र बजारमा पु-याउने हतारोमा देखिन्छन् किसान। तिहार अगावै एकातिर धान थन्क्याउने चटारो छ, अर्कोतिर फूल माला बजार पु-याएर विक्री गर्ने हतारोमा छन् किसान। बजारका हरेक चोकमा तिहारलाई आवश्यक भाइ मसलासँगै फूल र माला बेच्नेहरू भेटिन्छन्।

शुक्लागण्डकी नगरपालिका–१२ सुन्दरेमा तीन जना युवा मिलेर सञ्चालन गरेको फिरफिरे अर्गानिक्समा ढकमक्क फूलेका मखमली र सयपत्री टिपेर अर्डर अनुसार बजार पु-याउन सञ्चालकलाई भ्याई नभ्याई छ। यहाँ सात रोपनीमा सयपत्री र तीन रोपनी क्षेत्रफलमा मखमली फूल लगाइएको छ।

फूल टिप्ने र माला गाँस्नेका काममा स्थानीय महिलाले रोजगारी पाएका छन्। ‘फूल टिप्ने, माला गाँस्ने र अर्डर अनुसार बजार पु-याउन दैनिक १० जनालाई खटाइरहेका छौँ’, सञ्चालक मदन पौडेल भन्छन्, ‘फूलको मुख्य सिजन तिहार हो। फूलले तिहार लागेसँगै व्यस्त बनाएको छ।’ तिहारको दिन बिहानदेखी फूलको सिजन सकिने र त्यसपछि फुर्सदिलो हुने पौडेलले बताए। 

भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारी पनि फूलले व्यस्त बनाएको बताउँछन्। उनले २०६५ सालदेखि बाझिएको साढे ४ रोपनी जग्गामा सयपत्री फूल फूलाएका छन्। ‘फूल टिपेर गनेर अर्डर अनुसार पु-याईरहेको छु’, उनले सुनाए। उनले होलसेलमा फूलको थुंगा विक्री गरेकोले माला गाँस्ने झन्झटबाट मुक्त भएको बताए।

तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकामा व्यावसायिक फूल खेती गर्ने बढेका छन्। फूल खेतीमा युवाको आकर्षण बढेको पाइन्छ। जिल्लाका केही सहकारीले पनि तिहार लक्षित फूल खेती गरेका छन्। 

तीन वर्षदेखी तनहुँमा व्यावसायिक फूल खेती गर्नेहरू बढेका छन्। गत वर्ष कोरोनाका कारण कम फूल खेती गरिएको थियो। यसपाली कोरोना संक्रमण कायमै रहेपनि जनजिवन सामान्य लयमा फर्केकाले फूल खेती गर्नेहरु यसपाली बढेका हुन्।

-न्युज कारखाना

प्रकाशित: Nov 05, 2021| 19:05 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।