शुक्रबार, भदौ ५, २०८३

देउवालाई धाँधलीरहित प्रतिस्पर्धामा उत्रन सिंहको चुनौती

‘नेताहरु न्यायालयमै गर्नुपर्छ भन्छन्, पार्टीहरुले दखल नै दिनु हुँदैन भनेर बोलिराछन्, सरकार गठबन्धन, अनि न्यायालयमा भएको बेथितिमा यो सरकारका नेताहरुले करेक्सन नगरे कसले गर्छ, कसको जिम्मा त?
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले धाँधलीरहित प्रतिस्पर्धामा उत्रिन पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन्। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘नेतृत्वले काम गर्न नसक्दा पार्टी बेथितिमा गएको छ। सभापति देउवाले बहुमत छ भनेर मनलाग्दी गरिरहनुभएको छ। म उहाँलाई धाँधलीरहित प्रतिस्पर्धामा उत्रन चुनौती दिन्छु।’

उनले अवसर पाउँदा पनि शेरबहादुर देउवाले काम गर्न नसकेको आरोप लगाए। सिंहले भने, ‘अवसर पाउँदा काम नगर्ने, पदीय दायित्व वहन गर्नु नपर्ने, वाह! कस्तो आनन्द? संविधान जारी गर्ने पार्टी निर्वाचनमा १६५ मा २३ सिटमा खुम्चिनु भनेको के नेतृत्व राम्रो भएर हो, मन्त्र र भजन गाउँदैमा जनताले पत्त्याउँछ?’ 

बहुमत छ भन्दैमा देउवालाई जे पायो त्यही गर्न छुट नभएको उनको भनाइ छ। उनले भने, ‘पार्टी सभापति र पदाधिकारीले जे मन लाग्यो त्यही गर्न पाइन्छ? केन्द्रीय कार्यसमितिमा मेरो बहुमत छ, विरोध गर्दै गर भन्ने, पार्टीको हालत के छ अहिले?’ उनले चार वर्षको कार्यकाल सकिँदा पनि सभापति देउवाले गर्नुपर्ने काम नगरेको भनाइ राखे। सिंहले भने, ‘महाधिवेशन सकेको दुई महिनामा गठन गर्नुपर्ने विभाग नयाँ महाधिवेशनको तिथिमिति तोकिसकेपछि गरिएको छ। यो विधिसम्मत भएन भन्दा मेरो बहुमत छ, म गर्छु भनेर देउवा आफ्नै संसारमा रमाइरहनुभएको छ।’ 

नेता सिंहले सभापति देउवाले आफ्नो कार्यकाल सकिसक्दा समेत मै हुँ भनेर मनलाग्दीपन देखाएको आरोप लगाउँदै पार्टीका नेता तथा कार्यकर्तालाई व्यक्तिको नभई सिद्धान्तको पछि लाग्न अनुरोध गरे। आफू रहर गरेर फलानोको छोरा भनेर सभापति बन्न नखोजेको दाबी पनि उनले गरे। 

नेता सिंहले नेपाली कांग्रेसको कलहका कारण कम्युनिस्टहरुलाई फाइदा भएको बताए। उनले आफूले पार्टी सभापतिमा दाबी गर्दा गलत दुष्प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। नेता सिंहले भने, ‘कांग्रेसभित्रको रिसइबीका कारण कम्युनिस्टहरुलाई फाइदा भइरहेको छ। पार्टीको चौधौं महाधिवेशनमा म पार्टी सभापतिमा उठ्छु भनेको हो नि त, मैले घोषणा गरेका कारणले गर्दा अहिले पार्टीभित्र अरु पनि त प्रतिस्पर्धी छन्।’

सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताए। उनले भने, ‘न्यायालयमा भएको बेथितिलाई गठबन्धन सरकारले हटाउनुपर्छ।’ उनले न्यायालयको यो अवस्था भइसक्दा समेत राजनीतिक दलका नेताहरुले न्यायालयमा दखल गर्नु हुँदैन भनेर बस्न नमिल्ने बताए।

‘नेताहरु न्यायालयमै गर्नुपर्छ भन्छन्, पार्टीहरुले दखल नै दिनु हुँदैन भनेर बोलिराछन्, सरकार गठबन्धन, अनि न्यायालयमा भएको बेथितिमा यो सरकारका नेताहरुले करेक्सन नगरे कसले गर्छ, कसको जिम्मा त?

सिंहले भने, ‘नेताहरु न्यायालयमै गर्नुपर्छ भन्छन्, पार्टीहरुले दखल नै दिनु हुँदैन भनेर बोलिराछन्, सरकार गठबन्धन, अनि न्यायालयमा भएको बेथितिमा यो सरकारका नेताहरुले करेक्सन नगरे कसले गर्छ, कसको जिम्मा त? कसले प्रधानन्यायाधीशले गर्ने? जो आफैं विवादको केन्द्रबिन्दुमा छ, न्यायालयले मात्रै गर्छ? यो त सरकारको काम हो, सरकारले गर्नुपर्ने काम नगर्ने? खालि भाग्दै हिँडेर हुन्छ, समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ।’ 

नेता सिंहले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको बताए। उनले नेपालको त्रुटिपूर्ण व्यवस्थापकीयका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरेकोले आगामी दिनलाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य हाई भयो, यो राम्रो भएको छैन, नेपालको मिस म्यानेजमेन्टका कारण एकैपटक प्राइज हाई गर्ने भन्ने हुँदैन सरकारले ध्यान पु¥याउनुपर्छ।’ 


प्रकाशित: Nov 04, 2021| 16:12 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...