शुक्रबार, भदौ ५, २०८३

विवेकशील साझाको केन्द्रीय समिति १२४ सदस्यीय हुने

विवेकशील साझा पार्टीले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्सीय हुने विषय निर्वाचन आयोगमा अद्यावधिक गरेको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- विवेकशील साझा पार्टीले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्सीय हुने विषय निर्वाचन आयोगमा अद्यावधिक गरेको छ।

पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएअनुसार कात्तिक ११ मा बसेको केन्द्रीय समिति बैठकले पारित गरेका विषयलाई आयोगमा अद्यावधिक गरिएका छन्।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय गरेको थियो। सोही विषय आयोगले अद्यावधिक गरेको हो।

विवेकशील र साझा पार्टी एकीकरण हुँदा १३० सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख थियो। नयाँ विधान र केन्द्रीय समिति सदस्यबारे आयोगलाई पत्राचार गरेर जानकारी गराइएको र बुधबार आयोगले अद्यावधिक गरेको हो।



प्रकाशित: Nov 04, 2021| 14:15 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...