मंगलबार, असार ३०, २०८३

८३ औं जन्मदिवसमा सम्झिइयो हरिभक्तलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-राजधानीको सर्वनाम थिएटरमा सोमबार स्वर्गीय कवि हरिभक्त कटुवालको ८३औं जन्म दिवस मनाइएको छ । 

कटुवालको रचना रहेका दुई गीत गाएर 'अनि हरिभक्त फर्किएनन्' कार्यक्रमको घुम्टो उघारिएको थियो । २ जुलाई १९३५ (१८ असार १९९२) मा भारतको आसामको ख्वाङ गेरगेरीमा जन्मेका थिए, कटुवाल । 

जीवनको अमूल्य समय उनले नेपालमा बिताए । ०२६ सालमा नेपाल आएका उनी ०३७ सम्म यतै बसे । जीवनको उत्तराद्र्धमा आसाम फर्किएका कटुवालको २५ भदौ ०३७ मा ४५ वर्षकै अल्पायुमा क्षयरोग र अल्सरका कारण उतै मृत्यु भयो । 

उनले नेपाली साहित्यलाई दिएको योगदानभन्दा उनको रक्सीको लतको चर्चा बढी भयो । कटुवालसँग लामो संगत गरेकी आख्यानकार माया ठकुरीको भनाइमा नेपाली साहित्यमा उनको योगदान अतुलनीय छ । 

स्वर्गीय अम्बर गुरुङको कालजयी संगीत र नारायणगोपालको कर्णप्रिय स्वरमा रेकर्ड भएका कटुवालका गीत सदाबहार बनेका छन् । 

स्वर्गीय कटुवालमाथि शोध गरिरहेका युवा कवि तथा रंगकर्मी पुरू लम्सालले तयार पारेको वृत्तचित्र कार्यक्रममा प्रदर्शन गरिएको थियो । 

'मलाई नसोध कहाँ दुख्छ घाउ', 'डाली डाली फूल फुल्यो', 'मेरो आँखामा राख्ने'जस्ता चर्चित गीतका रचियता हुन्, कटुवाल । 'भित्रीमान्छे बोल्न खोज्छ' कविता संग्रह, 'सम्झनामा गीत संग्रह', 'सुधा' खण्डकाव्य, 'पूर्व किरण' कविता संग्रह र 'यो जिन्दगी खै के जिन्दगी ?' जस्ता कृतिहरू प्रकाशित छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।