सोमबार, चैत ४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुर बम काण्ड: पूर्व राज्यमन्त्री सञ्‍जय साहलाई ११ वर्षको कैद सजाय

जनकपुर बम काण्ड: पूर्व राज्यमन्त्री सञ्‍जय साहलाई ११ वर्षको कैद सजाय

कुनै समय जनकपुरधाममा ‘टकला’ डनका रूपमा परिचित साहले कबाड र ठेक्काबाट मनग्गे कमाएर संरक्षणका लागि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

जनकपुरधाम- उच्च अदालत जनकपुरले जनकपुर बमकाण्डमा संलग्‍न रहेका पूर्वराज्यमन्त्री सञ्‍जय साहलाई ११ वर्षको कैद सजाय सुनाएको छ। विक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै न्यायधिशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो।

health

फैसलामा साहलाई ज्यान मार्ने मुद्दामा ११ वर्षको कैद र षड्यन्त्र रचेको ठहर गरिएको छ। यसअघि जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय २०७५ सालमा सुनाएको थियो। यद्यपि उच्च अदालतले जनकपुरले ११ वर्षको कैद सजाय सुनाएको हो।

साह हाल काठमाडौंको नख्खु कारागारमा छन्। उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए। पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सभासद्‌ रहेकै बेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो।

२०६९ वैशाख १८ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गराउँदा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झासहित ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

को हुन् सञ्‍जय साह?

कुनै समय जनकपुरधाममा ‘टकला’ डनका रूपमा परिचित साहले कबाड र ठेक्काबाट मनग्गे कमाएर संरक्षणका लागि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए।

साबिक लोहना गाविस र हाल जनकपुरधाम उपमहानगरपालिका–४ निवासी साधु साहका छोरा सञ्‍जय विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गर्नेसम्म डन छवि बनाएर उक्लेका थिए। उनले कैयौं पटक सार्वजनिक अपराध र कुटपिटमा जेलनेल बिताइसकेका छन्। उनले उपेन्द्र यादवको नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०६४ साल चैत २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र ४ बाट पहिलो पटक निवार्चित हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए।

जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासद्‌मा निर्वाचित भएलगत्तै तीन राउन्ड फायर गरेर जितको खुसी मनाएका थिए। साह सो निर्वाचनमा १३ हजार ४ सय २२ मतान्तरले तत्कालीन एमाले नेता एवं ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पराजित गरेका थिए।

सभासद् रहेकै बेला फोरम नेपाल परित्याग गरी उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेर भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीबाट नेपाली कांग्रेसका नेता रामसरोज यादवलाई हराउँदै धनुषाको क्षेत्र ४ बाट साहले १२ हजार ६ सय ६६ मतान्तरले दोस्रो पटक निर्वाचित भएका थिए। निर्वाचन सम्पन्न भएलगत्तै उनलाई सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको थियो।

प्रकाशित: Nov 01, 2021| 19:43 सोमबार, कात्तिक १५, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।