सोमबार, चैत ४, २०८१

मन्त्रालयको टुंगो नलाग्दा प्रदेश २ सरकार विस्तार अन्योलमा

दसैं समपन्नलगत्तै प्रदेश २ सरकार विस्तार हुने भनिए पनि विस्तार कार्य अझ अन्योलमा परेको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

जनकपुर- दसैं समपन्नलगत्तै प्रदेश २ सरकार विस्तार हुने भनिए पनि विस्तार कार्य अझ अन्योलमा परेको छ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउत गद्दीले विश्वासको मत लिनुभन्दा अघिदेखि नै तयारी गरिरहेका छन्।

health

तर, मन्त्रालयको टुंगो नलाग्दा औपचारिक छलफलसमेत हुन सकेको छैन। मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एस)लाई सरकारमा ल्याउन ६ मन्त्रालयलाई टुक्रयाएर १० पुर्‍याएका थिए। आकर्षक मन्त्रालयहरू कांग्रेस र माओवादीले लिइसकेको बाँकी रहेको दुई मन्त्रालय लिन नेकपा(एस) इच्छुक देखिएको छैन।

जसपाको भागमा रहेको महत्वपूर्ण मन्त्रालयमा नेकपा(एस)ले दावी गर्दा सरकार विस्तार लम्बिएको हो। मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्। यी दुई मन्त्रालय लिएर नेकपा (एस) सरकारमा सहभागी हुन चाहेको छैन।

मुख्यमन्त्री राउतलाई विश्वासको मत दिएका नेकपा(एस) प्रदेशसभामा विपक्षीको लबिमा बस्दै आएको छ।  सरकारमा सहभागी हुने अनौपचारिक छलफल भए पनि पार्टीको गतिविधिमा व्यस्त हुँदा त्यसलाई मूर्तरुप दिन नसकिएको नेकपा (एस) संसदीय दलका नेता शत्रुधन महतोले बताए।

'नेकपा (एस)ले दुई मन्त्रालय लिएर सरकारमा जानेछ', नेता महतोले भने, ‘मन्त्रालय टुंगो लगाएपछि मात्र सरकारमा जानेबारे औपचारिक छलफल हुन्छ।’

नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेताहरूबीच सरकार विस्तारबारे छलफल भइसकेको उनले बताए। नेकपा (एस)बाट संसदीय दलका नेता महतोसहित एक जना महिला सांसदलाई मन्त्री बनाउने तयारी छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी नेपालले प्रदेशमा पनि गठबन्धनलाई निरन्तरता दिएको छ। गठबन्धनलाई सरकारमा सहभागी गराउन मन्त्रालय थपिँदा प्रदेशमा आर्थिक व्ययभारसमेत थपिएको छ।

मुख्यमन्त्री राउतले नेकपा (एस)लाई सरकारमा ल्याउन सामाजिक विकास मन्त्रालयलाई विभाजन गर्ने गृहकार्य थालेका छन्। तर, मन्त्री पद जोगाउन खेमा परिवर्तन गरेर आएका नवल किशोर साह रुष्ट हुने सम्भावना बढेको छ। अहिले प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस तीन र  माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ।  -न्युज काराखाना 

प्रकाशित: Oct 30, 2021| 12:05 शनिबार, कात्तिक १३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।