सोमबार, मंसिर २२, २०८२

२७ दिनपछि रिहा हुँदै साहरुख खान पुत्र आर्यन

क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन्। गत अक्टोबर २ मा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो।

National life

खानले बिहीबार जमानत पाएका थिए। बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो। तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ।

आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन्। आज बिहान १० बजे कारागार खुलेपछि उनी बिहान नै ११ बजेसम्म रिहा हुने ठानिएको छ। 

आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो। उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए उनको २ पटक जमानत रद्द गरिएको थियो।

- एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 30, 2021| 09:34 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्