बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • सीके राउतको पार्टीका कार्यकर्ताले प्रधानाध्यापकलाई कालोमोसो दले

सीके राउतको पार्टीका कार्यकर्ताले प्रधानाध्यापकलाई कालोमोसो दले

सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई जनकारवाहीको नाममा कालोमोसो दलेका छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

जनकपुरधाम– सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई जनकारवाहीको नाममा कालोमोसो दलेका छन्।

National life

शुक्रबार धनुषाको सबैलास्थित रघुनाथपुरमा रहेको फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक वैजु साहलाई स्थानीय विद्यार्थीहरुले दुर्व्यवहार गर्दै कालोमोसो दलेका हुन्।

मोटरसाइकलमा रहेका प्रधानाध्यापक साहलाई विद्यालय जाँदै गरेको अवस्थामा विद्यार्थीहरुले रोक्न लगाएर कालोमोसो सहित चप्पलले समेत कुटपिट गरेका छन्। विद्यार्थीले चप्पलले हिर्काउन खोजेपछि गरेपछि प्रधानाध्यापक साह मोटरसाइकलमै भागेका थिए।

आफूहरुको माग सम्बोधन नगरिएको भन्दै जनकारबाही गरिएको एक विद्यार्थीले बताए। स्थानीय विद्यार्थी विगत चार दिनदेखि पाँच सूत्रीय विभिन्न माग राख्दै आन्दोलनरत्त छन्। नियमित पठनपाठन हुनुपर्ने र शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको विल विद्यार्थीहरुले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमा राख्नुपर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनुपर्ने माग राखेर उनीहरुले आन्दोलन गरिरहेका छन्।

यसअघि यही शैलीमा एक कर्मचारीलाई जनमत पार्टीका कार्यकर्ताहरुले अर्धनग्न बनाएर नगर घुमाएका थिए। सो आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तामाथि मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

Shivam cement

प्रकाशित: Oct 29, 2021| 14:25 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।