ताइपेइ- कोभिड महामारीको समयमा अधिकांश शिक्षकले घरबाटै विद्यार्थी पढाए। महामारीसँगै कतिपय शिक्षकले घरबाट पढाउदा विभिन्न बोझ सामना गरे भने केहीले यसलाई अवसरको रुपमा पनि उपयोग गरे। ताइवानका एक शिक्षक भने परम्परागत शैलीभन्दा एक कदमअगाडि बढेका छन् जसका कारण उनी भाइरल बनेका छन्। गणितका शिक्षक चाङशुले पोर्न वेबसाईटमै अललाइन कक्षा होस्ट गरेर चर्चामा आएका हुन्।
चाङशुम्याथ६६६ मा कक्षा सञ्चालन गर्ने उनको पोर्नहवमा एउटा प्रमाणित एकाउन्ट छ। उनले २०० ओटा भिडियो सेयर गरेका छन्, जुन यौनजन्य सामाग्रीभन्दा पूर्ण रुपमा फरक छ।
रिपोर्टअनुसार चाङशुले गणितमा स्नातकोत्तर गरेका छन्। उनले १५ वर्षदेखि अनलाईन र भौतिक कक्षा लिँदै आएका छन्। सुरुमा उनले विद्यार्थीलाई सिकाएको भिडियो क्लिप युट्युबमा अपलोड गरेका थिए। तर, उनले खासै राम्रो ‘रेसपोन्स’ पाएनन्। गत वर्ष उनले अलि फरक गर्ने निधो गरे। उनले पोर्न वेबसाईटमा एकाउन्ट खोले र आफूलो पढाएको भिडियो धमाधम अपलोड गरे।
चाङशुले एकाउन्टमा एउटा सन्देश लेखेका छन् , ‘मिहिनेत गरेर खेल, परिश्रम गरेर पढ। ’ सबै भिडियोमा उनी खैरो हुडी र चस्मामा देखिन्छन्। हरियो बोर्डमा हिसाब गरेको र बिभिन्न विधिबारे व्याख्या गरेका देखिन्छन्।
आफ्नो अस्वभाविक निर्णयबारे चाङ्शु भन्छन्, ‘पोर्न साइटमा राखिएका भिडियो धेरैले हेर्ने भएकोले मैले नयाँ जुक्ति अप्नाएको हुँ। मैले धेरै भिडियो अपलोड गरे भने प्रशस्त मानिसले हेर्छन्।’
अहिले उनको आम्दानी पनि राम्रो भएको छ। उनले प्रति वर्ष २ लाख ५० हजार डलर कमाउछन्। जसका कारण उनले आफ्नो बिल तिर्न र केही कर्मचारीलाई तलब दिन पुग्छ। चााङुशुका अनुसार उनको पोर्नहब च्यानलमा करिब ६० प्रतिशतभन्दा बढी दर्शकहरु गणित पढ्न भन्दा पनि हाँस्नकै लागि आउछन्। उनी भन्छन्, ‘मानिसहरुलाई मेरो भिडियोमा रुची नलाग्न सक्छ। तर, पोर्न साईटमा पनि गणित शिक्षकले राम्रो पढाउछन भन्ने धेरैलाई थाहा हुन थालेको छ।’