मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • संकटमा न्यायालय, कांग्रेस महाधिवेशन नसार्ने देउवाको बचन [२०७८–७–९]

संकटमा न्यायालय, कांग्रेस महाधिवेशन नसार्ने देउवाको बचन [२०७८–७–९]

प्रधान्यायाधीश चोलेन्द शम्शेर राणाले राजीनामा नदिने प्रष्ट पारेका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं– प्रधान्यायाधीश चोलेन्द शम्शेर राणाले राजीनामा नदिने प्रष्ट पारेका छन्। 

सर्वोच्चका न्यायाधीशहरुको भेटमा प्रधानन्यायाधीश रााणाले अहिलेको अवस्थामा राजीनामा दिन नसक्ने प्रष्ट पारेका हुन्। प्रधानन्यायाधीश राणाले सडकमा उठाइएका विषयमा राजीनामा गर्ने हो भने न्याायलय नबच्ने पनि बताए। उनले घुमउरो शैलीमा महाअभियोगको सामना गर्न आफू तयार रहेको समेत बताएका छन्। आफू संवैधानिक प्रक्रिया पुरा गरेर आएकाले बिदा पनि संवैधानिक व्यवस्था अनुसार नै हुने उनको भनाइ छ। 

फैसला विवादित भएका कारण आफूले राजीनामा दिनु पर्ने भए सबै न्यायाधीशले पनि राजीनामा दिनु पर्ने बताए। राणाले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको उनको भनाइ छ। उनले विवादित न्यायाधीशका बारेमा थप केही बताएनन्।  निकास खोज्न भन्दै न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए। न्यायपालिकाको नेतृत्वमा आएयता कहिले इजलास गठन त कहिले फैसलाका विषयलाई लिएर विवादमा पर्दै आएका प्रधानन्यायाधीश राणाले निकास दिनुपर्ने पूर्व प्रधानन्यायाधी पूर्व न्यायाधीशहरूको निष्कर्ष छ।

‘राणाका कारण न्यायालय बदनाम’

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष निकालेका छन्।

सर्वोच्चका १५ जना न्यायाधीशहरूको संयुक्त  छलफलले राणाले राजीनामा दिनुको विकल्प नरहेको निष्कर्ष समेत निकालेका छन्। आज प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा गर्न सुझाएका उनीहरू त्यसपछि बेग्लै छलफलमा जुटेका थिए। उनीहरूले भोलि बिहान साढे ११ बजे फेरि छलफल गर्ने निर्णय गरेका छन्। आइतबार चिया विश्रामपछि इजलासमा नबसेका न्यायाधीशहरूले सोमबार र मंगलबार पनि इजलास ’बहिष्कार’ गरेका छन्। 

उनीहरूले प्रधानन्यायाधीश राणामाथि राजीनामाको दबाब बढाइरहेका छन्। तर, न्यायाधीशहरूसँगको छलफलमा भने राणाले राजीनामा नदिने अडान सुनाएका छन्। मन्त्रिपरिषद्मा भाग मागेकोलगायतका विषयले प्रधानन्यायाधीश जबरा पछिल्लो समय विवादमा तानिएका छन्।

यसैबीच, नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन्।

आज मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ। बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईका अनुसार सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा बचाउन नसकेको, आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको, न्यायिक विचलन बढेर गएको भन्दै उनले राजीनामा दिनुपर्ने बताएका थिए। तर राजीनामा नदिए बारले दबाबमूलक कार्यक्रम ल्याउन सुझाव दिएको भट्टराईले बताए।

कानुनविद्हरुले न्यायालयको रक्षाका लागि प्रधानन्यायाधीशले राजीनामा दिनै पर्ने बताएका छन्। 

संविधानविद् भिमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजिनामा अनिवार्य रहेको बताए। मंगलवार नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई सुध्रिनका लागि पटक पटक मौका दिदाँ पनि नसुध्रिएको भन्दै न्यायालयमा हुने क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने  बताउका हुन । 

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई ठिक ढंगले सञ्चालन गर्न नसकेको बताए । उनले प्रधानन्यायाधीश राजनीतिक दल र दलको नेताको भुमिकामा गई कार्यकारी पदमा भाग खोज्ने र नियुक्त गर्न थालेकोले दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने भनि प्रश्न गरे।

मानव अधिकारकर्मी मोहना अन्सारीले न्यायपालिकाको गरिमाको रक्षा गर्न नसक्ने नेतृत्वले बाटो खोलिदिनुपर्ने बताइन। त्यस्तो नेतृत्वले बाटो खोल्नु उसको दायित्व भएको पनि उनको भनाई छ। 

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले मन्त्री बार्गेनिङ गरेर फैसला गर्न प्रधानन्यायाधीसलाई ठाउँ दिने राजनीतिक दल र नेताहरुमाथि पनि प्रश्न उठाउनुपर्ने धारणा राखे। 

संसद् पुनर्स्थापना गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्छः ओली

सनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेको फैसला गर्ने पाँचै जना न्यायाधीशलाई राजीनामा दिन सुझाव दिएका छन्। 

आज एमालेको पालिका स्तरको अधिवेशन उद्घाटन गर्दै उनले सर्वोच्चमा देखिएको विवादबारे बोलेका हुन्। उनले असार २८ गतेको फैसलाको सन्दर्भमा परमादेश दिने काम एक जानबाट नभइ पाँचै जनाबाट भएकाले पाँचै जनाले राजीनामा दिनु पर्ने बताए। 

तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतको असार २८ गतेको फैसलाद्वारा बदर भएको थियो। सोही फैसलामा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश पनि दिइएको थियो। अध्यक्ष ओलीले अदालतलाई मर्यादित, निर्विवाद र जनताको विश्वासको केन्द्र बनाउन पनि पटकपटक आग्रह  गरे। यस्तै उनले सरकार सम्पूर्ण रुपमा असफल भएको दावी समेत  गरेका छन्। अध्यक्ष ओलीले नेतृत्व ठिक नभएकाले संसद असफल हुँदै दावी गर्दै सभामुख अग्नीप्रसाद सापकोटाप्रति पनि आक्रोश व्यक्त गरे । 

अध्यक्ष ओलीले निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए।  लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन एमालेले तीन वटै तहको निर्वाचनमा विजयी हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सोही अनुसारको तयारीमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान  गरेका छन्। 

पार्टी महाधिवेशन मंसिरमै गर्न देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन मंसिरभित्रै सक्ने गरी अगाडि बढाउन आग्रह गरेका छन्।

आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई आग्रह गरेका हुन्। कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने भनेको छ। तर कार्यतालिका प्रभावित भइसकेको छ। सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी अगाडि बढ्न आग्रह गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक राख्न आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए। कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन नै गरेको छैन भने १३ जिल्लामा जिल्ला अधिवेशन नै सकिइसकेको छ। उनले महाधिवेशन तयारीका लागि पनि केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने बताए।

आईपीएलमा अब १० टिम

अब इन्डियन प्रिमियर लिग (आईपीएल)मा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। 

आठ टिमले खेलिरहेको आईपीएलमा आउँदो सिजनबाट दुईटिम थपिएर १० टिमले प्रतिस्पर्धा गर्ने भएको हो। भारतिय कन्ट्रोल क्रिकेट बोर्ड बीसीसीआईले अहमदाबाद र लखनउलाई नयाँ फ्रेन्चाइज क्लबका रुपमा आईपीएलमा आबद्ध गरेको हो। दुवईमा आयोजित क्लब लिलामीमा आरपी सन्जिब गोएन्काले ग्रुप (आरपीएसजी)ले सात हजार ९० करोड भारुमा अखनौं क्लब किनेको हो। त्यस्तै, सोहि लिलामीमा सीभीसीले (एक निजी इक्विटी कोष)ले पाँच हजारा ६२५ करोड भारुमा अहमदाबाद क्लब किनेको हो। 

अब २०२२ को आईपीएल सिजनमा १० टोली सहभागी हुनेछन र ७४ खेलहरू हुनेछन् भने प्रत्येक टोलीसँग ९ घरेलु र ९ वटा अवे खेलहरू हुनेछन्।

प्रकाशित: Oct 26, 2021| 20:19 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।