काठमाडौं- बलिवुड नायिका जुही चावला नेपाल भ्रमणको क्रममा राजधानीको धुलोबाट सास्ती पाएपछि आफ्नो ट्वीटमा लेख्दै भनेकी छिन्, जब हामी वातावरण सुधारको कुरा गर्छौ हामीले यो बुझ्नु पर्छ कि, कसैको लागि नभएर हामीले हाम्रो सन्ततीको र भविष्यको लागि वातावारण स्वच्छ राख्नु पर्दछ भन्ने बृहत सोच राख्यो भने वातावारणमा सुधार आउन सक्छ।
राजधानीको स्तूपा, वसन्तपुर दरबार, धुलीखेल ठाउँहरूमा घुम्ने क्रममा धुलोधुवाँ देख्नु परेको कुरा ट्वीटमा लेखेकी छिन् । जुहीले सुरुवातको ट्वीटमा लेखेको छिन्, ‘राजधानीमा गाडी कुर्न लाग्दा हामी कारको प्रतिक्षामा थियौं र ट्राफिक जाम भएको थियो। र धुलोको कारण हामीले घण्टौं माक्स लगायौं।
स्थानियहरू त्यही धुलोमा सर्जिकल माक्स लगाए हिडिरहेका थिए।
उनी मुम्बाइको दुई करोड जनताको उदाहारण दिदै वातावरण सफा राख्न ट्वीट भिडियो मार्फत अनुरोध गरेकी छिन्।
When we speak about the environment, one must understand that you're not doing it for anybody else, you're doing it for yourself, you're preserving the environment for your children, for you're future generations. If each one of us decide to do it, it will be done! pic.twitter.com/VLKwUfz0wD
— Juhi Chawla (@iam_juhi) June 27, 2018
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४