शुक्रबार, कात्तिक २८, २०८२

नेपाली चलचित्र 'अ स्केरक्रो'लाई युनिसेफ आइरिस ७५ अवार्ड

राजेश प्रसाद खत्रीले निर्देशन गरेको चलचित्र 'अ स्केरक्रो' ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिभल २०२१ मा युनिसेफ आइरिस ७५ अवार्ड जितेको हो।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं- नेपाली चलचित्र 'अ स्केरक्रो' लाई युनिसेफ आइरिस ७५ अवार्ड जितेको छ। राजेश प्रसाद खत्रीले निर्देशन गरेको चलचित्र 'अ स्केरक्रो' ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिभल २०२१ मा युनिसेफ आइरिस ७५ अवार्ड जितेको हो। 

National life

युनिसेफको अनुसन्धान कार्यालय - इनोचेन्टीले आयोजना गरेको महोत्सवले आजको समयमा बालबालिका हुनुको अर्थ के हो भन्‍ने कुरा कुशलतापूर्वक दर्शाएका चलचित्रहरूको उत्सव मनाउने गरेको छ। इटालीको फ्लोरेन्समा अक्टोबर २१ देखि २४ सम्म आयोजित महोत्सवमा २९ देशहरूबाट ३९ वटा चलचित्रहरू प्रदर्शन गरिएका थिए। 

यूआईएफएफले बालबालिकाबारे चलचित्र निर्माणमा उत्कृष्टताको पहिचान गर्न र संसारभरी बाल्यावस्थालाई चलचित्रको विषयवस्तुको रूपमा अन्वेषण गर्न प्रोत्साहित गर्नका लागि आइरिस अवार्ड दिने गरिएको छ। यसको दोस्रो संस्करणमा ११४ देशहरूबाट कुल १७०० चलचित्रहरू प्राप्त भएको थिए। 

युनिसेफको ७५ औं वार्षिकोत्सवको अवसरमा 'युनिसेफ ७५ आइरिस' संसारभरी मनाइने यूआईएफएफको उत्कृष्ट चलचित्र सम्मान भएको जनाइएको छ। अन्तर्राष्ट्रिय निर्णायक मन्डलीले स्व-शिक्षा प्राप्त नेपाली चलचित्र निर्माता राजेश प्रसाद खत्रीद्वारा लिखित र निर्देशित 'अ स्केरक्रो'लाई शीर्ष पुरस्कारको लागि चयन गरेका हुन्। राजेश खत्री एक विद्यालयका शिक्षक पनि हुन् र उनको यस चलचित्रले किशोरीहरूलाई शिक्षा प्राप्त गर्नबाट रोक्ने सांस्कृतिक बाधाहरूलाई सही ढंगले चित्रण गरेको छ। 

'दुर्गम गाउँको एक शिक्षक भएको हुनाले मैले निर्दोष बालबालिकाको एउटा समूहसँग कुराकानी गर्ने सौभाग्य पाएको छु, जहाँ सधैँ म प्रत्येक विद्यार्थीको चिसा घरहरू, भत्किएका सपनाहरू र उनीहरूको आँशुसँगै मेरा भावनाहरूलाई अनुभव गर्न सिक्छु। मुख्यत: यी सत्य कथाहरूलाई प्रस्तुत गरी चलचित्रको माध्यमबाट म बालबालिकाको अधिकारको वकालत गर्न चाहन्छु र यी कथाहरू संसारका सबै भागमा पुग्‍ने आशा गर्दछु, निर्देशक खत्रीले भने। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 26, 2021| 16:21 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्