आइतबार, कात्तिक ३०, २०८२

समुद्रमा भेटियो नौ सय वर्ष पुरानो तरबार

भूमध्य सागरको कारमेलमा ९०० वर्ष पुरानो तरबार भेटिएको छ। तरबार एक मिटर लामो रहेको इजरायली अधिकारीहरूले बताएका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

एपी

एपी

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं – भूमध्य सागरको कारमेलमा ९०० वर्ष पुरानो तरबार भेटिएको छ। तरबार एक मिटर लामो रहेको इजरायली अधिकारीहरूले बताएका छन्। इजरायली पुरातात्त्विक प्राधिकरणका अनुसार गोताखोरले फेला पारेको उक्त तरबार मध्ययुगीन योद्धाले बनाएको अनुमान छ। उत्तरी इजरायलका स्लोमी क्याटजनले समुद्रमा डुबुल्की मारिरहेका बेला उक्त तरबार भेटेपछि सरकारी विशेषज्ञहरूलाई सुम्पिदिएका थिए।

National life

इजरायका पुरातत्त्वविद् निर डिस्टिलफिल्डले भने, ‘यो सुन्दर तरबार कुनै वीर योद्धाको जस्तै देखिन्छ। यस्तो दुर्लभ वस्तु फेला पर्नु अनौठो हो। यसले हामीलाई नौ सय वर्षअघिको सेना र योद्धाबारे स्मरण गराउँछ।’ 

संग्रहालयमा राख्नुअघि उक्त तरबारलाई सफा गरेर कुन समयको हो भनेर फेरि अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन्। उक्त स्थानमा तरबारसहित माटाका भाँडा पनि भेटिएका छन्। 


प्रकाशित: Oct 25, 2021| 14:37 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।