मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : मुख्यमन्त्री आचार्यको कार्यकालको आज छिनोफानो! देउवा प्रदेश १ मा

बिहानी समाचार : मुख्यमन्त्री आचार्यको कार्यकालको आज छिनोफानो! देउवा प्रदेश १ मा

प्रधानमन्त्री देउवाले प्रदेश १ को बाढीपहिरोग्रस्त सुनसरी, इलाम र पाँचथरको स्थलगत अवलोकन गर्ने, क्षतिको जानकारी लिने र पीडितलाई सम्बोधन गर्ने कार्यक्रम छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने भएका छन्। साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल तथा मत विभाजन हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेस गरेका थिए। आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री भएलगत्तै उनी अल्पमतमा थिए। ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद थिए । १० जनाले एमाले छाडेर एकिकृत समाजवादी रोजेपछि प्रदेश सभामा एमाले सांसदको संख्या ४१ छ। 

प्रधानमन्त्री  देउवा प्रदेश १ मा 

बाढी पहिरो प्रभावित क्षेत्रको निरिक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नम्बर १ पुगेका छन्। प्रधानमन्त्री देउवाले प्रदेश १ को बाढीपहिरोग्रस्त सुनसरी, इलाम र पाँचथरको स्थलगत अवलोकन गर्ने, क्षतिको जानकारी लिने र पीडितलाई सम्बोधन गर्ने कार्यक्रम छ।  देउवाले इलाम र पाँचथर जिल्लामा पहिरोगस्त क्षेत्रको हवाई अवलोकन गर्नेछन्। त्यसपछि राँके बजारमा प्रशासनिक तथा सुरक्षा पदाधिकारीमार्फत पहिरोग्रस्त क्षेत्रको जानकारी लिने साथै पीडितहरुसँग भेट्ने कार्यक्रम छ। बाढीपहिरोका कारण पाचँथरमा ३० जना र इलाममा १४ जनाको मृत्यु भएको थियो। 

प्रधानन्यायाधीशसँग भेट गर्दै बार पदाधिकारी

न्यायालय सुधारका लागि १५ दिने अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग भेट्दै छन्। 

प्रधानन्यायाधीशको पछिल्लो विवादको विषयमा प्रस्ट हुन बारले राणासँग छलफल गर्न लागेको हो। शुक्रबार बैठक बसेर अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन बारले १५ दिने अल्टिमेटम दिएको थियो। सो अल्टिमेटम र प्रधानन्यायाधीश राणामाथि लागेका आरोपका विषमा बारका पदाधिकारीले छलफल गर्न लागेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। प्रधानन्यायाधीश राणालाई भेटेपछि बारले थप धारणा बनाउने बताइएको छ। न्यायपालिकाभित्रै पनि प्रधानन्यायाधीशको पछिल्ला क्रियाकलापलाई लिएर असन्तुष्टि बढ्दै गएको छ। 

गुडिरहेको बसमा आगलागी

धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुबाहक बसमा आइतबार बिहान दुई बजे पृथ्वी राजमार्गअन्तर्गत गजुरी बजारमा एक्कासि आगलागी भएको धादिङ प्रहरीले जनाएको छ। बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ। इन्जिनबाट धुवाँ निस्किनेबित्तिकै बस रोकेर यात्रु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ। बसमा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि वायरिङमा सट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ।

मुगुमा हिमपहिरोमा पुरिएर एक जनाको मृत्यु

हिमपहिरोमा परेर मुगुमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–४ का ३३ वर्षीय छिरिङ लामा छन्। सोही हिमपहिरोमा परेर ३७ वर्षीय कार्मासुण्डा लामा घाइते भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार छिरिङ र कार्मा सहोदर दाजुभाइ हुन्।

उनीहरू दसैंअघि नै सात जना साथीहरूसँग तितेकटुकी जडीबुटी टिप्न हुम्लाको उत्तरी क्षेत्र चखेली गाउँपालिका मिमी गाउँको जंगल पुगेका थिए। जडीबुटी टिपेर घर फर्कंदै गर्दा २ गते बिहान हिमपहिरोमा परेका थिए।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो। स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकसँग आग्रह गरेको छ। आज खान छुटेकालाई भोलि खुवाउन सकिने छ। सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ।

उत्तर कोरिया अमेरिकासँग आक्रोशित 

चीनले ताइवानमाथि आक्रमण  गरे अमेरिकाले ताइवानलाई प्रतिरक्षा गर्ने अभिव्यक्ति दिएपछि उत्तर कोरिया आक्रोशित भएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनविरुद्ध ताइवानको रक्षा गर्ने बताएपछि उत्तर कोरिया चिढिएको हो। उत्तर कोरियाले बाइडेन प्रशासनले चिनियाँ सेनासँग तनाव बढाउन खोजेको आरोपसमेत लगाएको छ। उत्तर कोरियाले अमेरिकाको ताइवान रक्षा र उपस्थितिले चिनियाँ सेनासँग मात्र नभई समग्र कोरियाली प्रायद्वीपमा द्वन्द्व बढाउने खतरा रहेको समेत दाबी गरेको छ। 

प्रकाशित: Oct 24, 2021| 10:54 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।