शुक्रबार, भदौ ५, २०८३

५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ।

क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गर्न लागिएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए। 

अधिवेशन गर्न बाँकी रहेका २३ जिल्लामा कात्तिक १४ गतेसम्मको समयावधि तोकिएको छ। स्थानीय तहको चुनावपछि मात्र महाधिवेशन गर्न विभिन्न जिल्लाबाट सुझाव आएको राप्रपाले जनाएको छ।

निर्धारित समयभित्र कार्यसूचीअनुसार काम हुन नसकेमा निर्वाचन समिति र अध्यक्षमण्डलको समन्वय तथा समझदारीमा अधिवेशन सार्न सकिने व्यवस्था छ।

- रासस

प्रकाशित: Oct 23, 2021| 17:27 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...