शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चार महिनापछि बस्यो पोखराको कार्यपालिका बैठक, तर कांग्रेसले गरेन हस्ताक्षर

चार महिनापछि बस्यो पोखराको कार्यपालिका बैठक, तर कांग्रेसले गरेन हस्ताक्षर

नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ। जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

पोखरा- नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ। जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो।

उपचार पछि पोखरा फर्किएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिए। त्यसपछि बसेको बैठकमा कांग्रेसले भने असहमति जनाएको छ।

बैठकमा सहभागी भएपनि कांग्रेसतर्फका वडाध्यक्षहरूले उपस्थितिमा हस्ताक्षर गरेनन्। बैठकका एजेण्डा समयमै उपलब्ध नगराएको र छलफलमा उठेका विषयलाई छोडेर आफूखुसी निर्णय लेखिएको भन्दै हस्ताक्षर नगरेको हो। यसअघि धेरै पटक बैठकले दिएको सुझाव भन्दा अन्यत्रैबाट निर्णय लेखिने गरेको कांग्रेस सचेतक रामराज लामिछानेले बताए।

‘एजेण्डामा हामीले सुझाव दिन्छौं। कार्यपालिका सदस्यहरुको सुझावको सुनुवाइ हुँदैन। महानगरले एकलौटी रुपमा निर्णय लेखेर हाम्रो हस्ताक्षर दुरुपयोग भयो,’ उनले भने, ‘अब निर्णय पुस्तिकामा लेखिएको निर्णय हेरेर मात्रै हस्ताक्षर गर्ने भनेका छौं। हामीले भने अनुसारको सुझाव लिखित रुपमा नआए हस्ताक्षर गर्दैनौं।’ आफुहरुले विश्वास गरेर हस्ताक्षर गरेपनि त्यसको दुरुपयोग गरेको उनको आरोप छ।

उनीहरुले महानगरले बैठकअघि समयमा एजेण्डा पनि नदिएको आरोप लगाएका छन्। ‘एजेण्डा बैठकको अघिल्लो दिन मात्रै आउँछ। अध्ययन र आन्तरिक रुपमा छलफल गर्ने समय पनि हुँदैन,’ अर्का वडाध्यक्ष शंकर बास्तोलाले भने, ‘समयमा एजेण्डा नपाए बैठकमा गएर के बोल्ने? के सुझाव दिने?’  बैठककै समयमा पनि कांग्रेसका तर्फका ११ वडाध्यक्षहरूले विरोध जनाएका थिए।

बैठकले ल्याण्डफिल साइट सार्नेदेखि उपचाररत मेयर जिसीको उपचारमा सहयोग गर्ने निर्णय गरेको छ। जिसीको उपचारमा थप २० लाख उपलब्ध गराउने निर्णय भएको नगरका प्रवक्ता धनबहादुर नेपालीले बताए। यसअघि पनि १० लाख निकासा दिइसकिएको छ।

- न्युज कारखाना

प्रकाशित: Oct 23, 2021| 16:28 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...