शुक्रबार, भदौ ५, २०८३

कांग्रेस कैलालीको वडा अधिवेशन छठपछि

नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन छठ पर्वपछि गर्ने निर्णय भएको छ। शनिबार धनगढीमा बसेको कांग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

धनगढी- नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन छठ पर्वपछि गर्ने निर्णय भएको छ। शनिबार धनगढीमा बसेको कांग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

कैलाली सभापति नरनारायण शाहको अध्यक्षतामा बसेको बैठकले अधिवेशन गर्न १५ सय १ सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिती गठन गरेको छ।

शाहको अध्यक्षतामा गठन गरिएको समितिमा आर्थिक व्यवस्थापन समिति सयोजकमा शेरबहादुर देउवा, अधिवेशन प्रचारप्रसार समिति सयोजकमा नृपबहादुर सुनार, स्वयंसेवक समिति संयोजकमा कृष्ण पाण्डे, आवास व्यवस्थापन समिति सयोजकमा केशब मिश्र, भोजन व्यवस्थापन समिति सयोजक नारायण सत्याल रहेका छन्।

यस्तै यातायात व्यवस्थापन समिति सयोजकमा टेकराज जोशी, प्राथमिक उपचार समिति सयोजकमा उत्तम जोशी, मञ्च व्यवस्थापन समिति संयोजकमा पुरन चौधरी, अतिथी सत्कार समिति सयोजकमा रेखा देवकोटा, सचिवालय व्यवस्थापन समिती सयोजक कमला शर्मा र निर्वाचन व्यवस्थापन समिति संयोजक नवराज रावललाई तोकिएको छ। जिल्ला अधिवेशन धनगढीस्थित ओम प्यालेसमा गर्ने व्यवस्था मिलाइएको छ।

शनिबार बसेको कांग्रेस कैलालीको बैठकले बाढीपहिरोको क्षतिको अबलोक गर्न आएका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई आभार व्यक्त गर्दै चाडै राहतको व्यबस्थापन गर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: Oct 23, 2021| 15:50 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...