शुक्रबार, भदौ ५, २०८३

राप्रपाका पूर्व जिल्ला अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वजिल्ला अध्यक्ष नेकपा माओवादी (केन्द्र)मा प्रवेश गरेका छन्।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वजिल्ला अध्यक्ष नेकपा माओवादी (केन्द्र)मा प्रवेश गरेका छन्। राप्रपा कालिकोटका पूर्वजिल्ला अध्यक्ष तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाही माओवादी (केन्द्र)मा प्रवेश गरेका हुन्। 

पूर्वअध्यक्ष शाहीलाई माओवादी केन्द्रका प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन्। 

शाहीसँगै नेकपा (एमाले)का कालिकोट खाँडाचक्र नगरपालिका नगर कमिटी सदस्य धर्मराज ताम्राकार पनि माओवादी केन्द्र प्रवेश गरेका छन्।  -न्युज कारखाना

प्रकाशित: Oct 23, 2021| 15:33 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...