शुक्रबार, भदौ ५, २०८३

एमाले वडा अधिवेशन उद्घाटनमा किन देखिएनन् बादल र रावल?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पार्टीका ६ हजार भन्दा वढी वडाका वडा अधिवेशन एकसाथ उद्घाटन गरेको घोषणा गरेका छन्।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पार्टीका ६ हजार भन्दा वढी वडाका वडा अधिवेशन एकसाथ उद्घाटन गरेको घोषणा गरेका छन्। 

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेका छन्। 

पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्दै उनले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए। 

कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा ‘बादल’ र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन्। सुरेन्द्र पाण्डेलगायतका नेता भने मञ्चमा उपस्थित छन्।

पार्टी प्रवक्ता योगेश भट्टराई विरामी परेर अस्पताल भर्ना भएका कारण कार्यक्रमको संचालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन्। 

- न्युज कारखाना

प्रकाशित: Oct 23, 2021| 12:37 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...