आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बेमौसमी वर्षाले भिजेको धान खेतमै उम्रन थाले, तीन अर्ब रुपैयाँको क्षती

बेमौसमी वर्षाले भिजेको धान खेतमै उम्रन थाले, तीन अर्ब रुपैयाँको क्षती

धान भित्र्याउने बेला परेको बेमौसमी वर्षाले भिजाएको धान खेतमै उम्रन थालेको छ। धान खेतमै उम्रन थालेपछि किसानहरू मारमा परेका छन्।
 |  शनिबार, कात्तिक ६, २०७८
nespernesper

भीम चौधरी

भीम चौधरी

शनिबार, कात्तिक ६, २०७८

vianetvianet

धनगढी- धान भित्र्याउने बेला परेको बेमौसमी वर्षाले भिजाएको धान खेतमै उम्रन थालेको छ। धान खेतमै उम्रन थालेपछि किसानहरू मारमा परेका छन्।

triton college

कैलालीको घोडाघोडी नगरपालिका–३, नारायणपुरका लक्ष्मीप्रसाद न्युरेले दसैंअघि नै धान काटेर खेतमा थुपारेका थिए। धान थ्रेसिङ्गका लागि उनी थ्रेसरको खोजीमा जुटे। थ्रेसर नपाएपछि दसैंपछि थ्रेसिङ्ग गर्ने निधो गरे। दसैं लगत्तै परेको वर्षाले न्युरेले सोचेको उल्टो भयो। भित्र्याउन नपाउँदै दुई बिगाहा क्षेत्रफलमा उत्पादन भएको धान पानीले भिजायो। 

‘धान सबै भिज्यो। अहिले खेतमा जाँदा त्यही उम्रिएको छ,’ उनले भने, ‘अघिल्लो वर्षसम्म त्यहीँ धान केही बेचिन्थ्यो, केही खाइन्थ्यो अब त बेच्नु धेरै टाढाको कुरा भयो। यो वर्ष खान पनि नपाइने भयो।’

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशी अनुसार कैलालीमा ३० प्रतिशत र कञ्चनपुरमा २५ प्रतिशत बढी धानबाली वर्षाका कारण क्षति पुगेको छ।

न्युरेको मात्र होइन केही दिनअघि परेको बेमौसमी वर्षाले सबै जसो किसानको अवस्था यस्तै भएको छ। धनगढी उपमहानगरपालिका–१९ खेडाकी अशोकदेवी चौधरीले भित्र्याउन लागेको केही धान मोहना नदीले बगाएको, केही भिजेको र बचेको पनि उम्रिएको बताइन्। ‘धेरै दुःख छ हजुर,’ उनले भनिन्, ‘अब के खाने सोच्नै सकिएको छैन।’

टीकापुर नगरपालिका वडा नम्बर-५ का रमित चौधरीले दुई बिगाहा क्षेत्रफलमा लगाएको धान डुबानमा परेको छ। ‘भिजेको धान खेतमै छ,’ उनले भने, ‘अहिले त्यही उम्रन थालेको छ। पहिले उत्पादन भएको धान खान छुट्याएर बर्सेनी बेच्दै आएका थियौं। यो वर्ष खानलाई पनि बचेन।’

National life insurance

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशका तराईका दुई जिल्लामा ३३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ। धानबालीमा भएको क्षतिको विवरणलाई विश्लेषण गर्दा तीन अर्ब रुपैयाँको नोक्सान भएको निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशी अनुसार कैलालीमा ३० प्रतिशत र कञ्चनपुरमा २५ प्रतिशत बढी धानबाली वर्षाका कारण क्षति पुगेको छ। उनले पहाडी जिल्लाको भने अहिलेसम्म तथ्यांक संकलन भइनसकेको बताए।

‘बेमौसमी झरीले धानबालीमा पुगाएको क्षतिको यकिन तथ्यांक संकलनको काम भइरहेको छ,’ उनले भने, ‘प्रारम्भिक तथ्यांक अनुसार दुई जिल्लामा भएको क्षतिको विवरणलाई विश्लेषण गर्दा किसानलाई तीन अर्ब रुपैयाँको नोक्सानी भएको छ।’

प्रकाशित: Oct 23, 2021| 11:23 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।