खोटाङ- खोटाङमा नेकपा एमालेका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन्।
मुलुकभर शनिबार भइरहेको वडा अधिबेशनअन्तर्गत खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन्।
जिल्लाका सबै वडामा सर्वसम्मत वडाको नेतृत्व टुंग्याइने नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए। वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिवसहित सदस्य चयन गर्ने छन्। आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन लागेको हो।
प्रतिकूल मौसम तथा कावु बाहिरको अवस्थामा बाहेक वडा अधिवेशन शनिबार सम्पन्न हुने एमालेले जनाएको छ। आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ। एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ।