सोमबार, चैत ४, २०८१

जनकपुरधाममा तीन दिवसीय महिला हस्तकला प्रदर्शनीको आयोजना हुने

कोरोना संक्रमणको त्रासका कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्किँदै गइरहेको समयमा देशभित्रै उत्पादित सामग्रीलाई बजार प्रदान गर्ने उद्देश्यले जनकपुरधाममा तीन दिवसीय महिला हस्तकला प्रदर्शनी हुने भएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

जनकपुरधाम- कोरोना संक्रमणको त्रासका कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्किँदै गइरहेको समयमा देशभित्रै उत्पादित सामग्रीलाई बजार प्रदान गर्ने उद्देश्यले जनकपुरधाममा तीन दिवसीय महिला हस्तकला प्रदर्शनी हुने भएको छ।

health

बजार शिथिल रहेको समयमा बजारलाई चलायमान बनाउनका लागि तीन दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी हुन लागेकेो बताइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा जनकपुरधाम उपमहानगरपालकाको सहआयोजननामा कात्तिक १२ देखि १४ गतेसम्म प्रदेशस्तरीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनीको आयोजना हुने नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए।

स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको उनले बताए।

शुक्रबार पत्रकार सम्मेलनमा उपाध्यक्ष शाक्यले जनकपुरधामको गोपाल धर्मशालामा हुने प्रदर्शनीमा प्रदेश २ का ८ वटै जिल्लाका महिला उद्यमी तथा वाहिर जिल्लाका सहभागीहरु समेत रहने बताए ।

उनका अनुसार सो प्रदर्शनीमा ७० देखि ९० वटा स्टलहरु लगाइने छ भने स्टल लगाउनका लागि शुल्क लाग्ने छैन। प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बाँसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तीजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिने छ।

यस मेलाको आयोजनामा करिब २० लाख खर्च हुने उपाध्यक्ष सनमले बताए। यस मेलामा २५ हजार आगन्तुकहरु आउने अनुमान गरिएको छ।


प्रकाशित: Oct 22, 2021| 17:55 शुक्रबार, कात्तिक ५, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।