बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • पीडित किसानलाई प्रतिकट्ठा ४० किलो धान दिने वडाध्यक्ष साहको घोषणा

पीडित किसानलाई प्रतिकट्ठा ४० किलो धान दिने वडाध्यक्ष साहको घोषणा

जनकपुरधामका एक जनप्रतिनिधिले बेमौसमी वर्षाका कारणले अन्‍नबालीमा क्षति भएका किसानलाई राहत दिने घोषणा गरेका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

जनकपुरधाम- जनकपुरधामका एक जनप्रतिनिधिले बेमौसमी वर्षाका कारणले अन्‍नबालीमा क्षति भएका किसानलाई राहत दिने घोषणा गरेका छन्। 

National life

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साहले अन्‍नबालीमा क्षति पुगेका आफ्ना वडाका किसानहरुलाई राहत दिने घोषणा गरेका हुन्। 

अन्‍नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी आफ्नो वडाका कृषकहरुलाई प्रतिकठ्ठा ४० किलो धान क्षतिपूर्तिवापत दिने व्यवस्था मिलाएको वडाध्यक्ष साहले बताए। 

उनले कात्तिक १ र २ गते भएको अविरल बर्षाका कारण किसानहरुको अन्‍नबालीमा ठूलो क्षति पुगेको बताउँदै आफ्नो वडामा विवरण संकलन गरी प्रति किसानलाई प्रतिकट्ठा ४० किलो धान उपलब्ध गराउने घोषणा गरेका छन्। 

वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने भएका हुन्। उनले यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनका बेला पनि आफ्नो वडाका गरीब, विपन्‍न र असहायहरुका लागि नि:शुल्क भोजन, जाडोयाममा बाक्लो कपडा वितरण गरेका थिए। 

Shivam cement

प्रकाशित: Oct 22, 2021| 14:16 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।