सोमबार, चैत ४, २०८१

सिके राउतका १७ कार्यकर्ताविरुद्ध ‘आपराधिक उपद्रव’ मुद्दा

सिके राउत नेतृत्वको जनमत पार्टीका १७ कार्यकर्ताविरुद्ध प्रहरीले आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा चलाएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं-  सिके राउत नेतृत्वको जनमत पार्टीका १७ कार्यकर्ताविरुद्ध प्रहरीले आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा चलाएको छ।

health

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई बन्धक बनाई दुर्व्यवहार गरेको भन्दै जनमत पार्टीका १७ कार्यकर्ताविरुद्ध शुक्रबार मुद्दा दर्ता गरेको हो। 

कुशवाहालाई बिहीबार दुर्व्यवहार गरेका १७ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष राउतको बसोबास रहेको घरछेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कार्यालय प्रमुख कुशवाहामाथि उनका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।

मुद्दा दर्ता गरिएकामा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर जिल्ला प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्‍नेतले जानकारी दिएका छन्। 

उनका अनुसार यो मुद्दामा अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना गरिने प्रावधान छ। 



प्रकाशित: Oct 22, 2021| 13:29 शुक्रबार, कात्तिक ५, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।