बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णाली सरकारको निर्णय : बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख

कर्णाली सरकारको निर्णय : बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख

कर्णाली प्रदेश सरकारले बाढी र बहिरो जस्ता विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

सुर्खेत– कर्णाली प्रदेश सरकारले बाढी र बहिरो जस्ता विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ। प्रदेश विपद व्यवस्थापन परिषदको शुक्रबारको बैठक सामूहिक विपद् दुर्घटना विमाबाट प्राप्त हुने दुई लाख रकम तत्काल मृतकका परिवारलाई उपलब्ध गराउने निर्णय गरेको हो।

National life

त्यस्तै बाढीपहिरोमा परी घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नेसमेत निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा घाइतेहरु जुनसुकै अस्पतालमा उपचार गराए पनि त्यसको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ।

बेमौसमी झरीका कारण अन्नबालीमा क्षति पुगेका कृषकलाई पनि क्षतिपूर्ति दिने निर्णय गरेको प्रदेश सरकारका प्रवत्ता सीताकुमारी नेपालीले जानकारी दिइन्। स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन गरेर कृषकलाई क्षतिपूर्ति दिइनेछ।

त्यस्तै बाढीपहिरोले घर भत्किएकाहरुको पनि संघीय र स्थानीय सरकारले घर निर्माण गरिदिने निर्णय गरेको छ। पूर्ण रुपमा घर क्षति भएकाहरुको विवरण संकलन गरेर स्थानीय र संघीय सरकारको समन्वयमा घर पुनःनिर्माण तथा पुनस्र्थापना गर्ने निर्णय भएको प्रवत्ता नेपालीले जनाइन्। जनता आवास कार्यक्रममा समावेश गरेर पुनःनिर्माण तथा पुनस्र्थापन गरिने निर्णय गरिएको हो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने निर्णय गरेको छ।

Shivam cement

प्रकाशित: Oct 22, 2021| 11:56 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।