शुक्रबार, भदौ ५, २०८३

एमालेले चितवनमा थाल्यो महाधिवेशनको तयारी

एमालेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन गर्न चितवनमा तयारी सुरु भएको जनाएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं– एमालेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन गर्न चितवनमा तयारी सुरु भएको जनाएको छ। पार्टीको चितवन जिल्ला समितिले भरतपुरमा शुक्रबार पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी सुरु भएको जनाएको हो।

एमालेको बिहीबारको स्थायी समिति बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले चितवनमा सम्पन्न हुने महाधिवेशनले पार्टीलाई २०७४ सालको चुनावबाट बनेको भन्दा पनि ठूलो पार्टी बनाउने दाबी गरेका छन्।

यस्तै एमाले बागमती प्रदेशका सह(इन्चार्ज काशीनाथ अधिकारीले चितवनमा हुने महाधिवेशनबाट पार्टीलाई थप सशक्त बनाउने बताए। एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गर्दै चितवन  गृह जिल्ला भएका नेता रामबहादुर थापा लाई महाधिवेशन आयोजक समितिको संयोजक तोकेको छ।

प्रकाशित: Oct 22, 2021| 11:32 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...