शुक्रबार, भदौ ५, २०८३

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने

प्रदेश १ सभाको नवौं तथा हिउँदे अधिवेशनको तेश्रो बैठक शुक्रबार बस्दैछ। शुक्रबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

विराटनगर- प्रदेश १ सभाको नवौं तथा हिउँदे अधिवेशनको तेश्रो बैठक शुक्रबार बस्दैछ। शुक्रबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले  विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्। विश्वासको मत लिनका लागि असोज २५ गते मुख्यमन्त्री आचार्यले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली समक्ष सूचना दिएका थिए। 

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिन भित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने संवैधानिक व्यवस्था छ। नेकपा एमालेका १० सांसद एकिकृत समाजवादीमा गएको सूचना निर्वाचन आयोगले भदौ २५ गते प्रदेशसभामा दिएको थियो। 

मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट जसरी पनि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण शुक्रबार दिउँसो १ बजे बोलाईएको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गर्ने प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन वन तथा वातारण मन्त्री लछुमन तिवारीले बताए। उनले भने,‘ शुक्रबार प्रकृयामा प्रवेश गरिने छ।’ प्रकृया लम्विए आईतबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनसक्ने उनले बताए। एमालेका प्रमुख सचेतक बुद्धकुमार राजभण्डारीले शुक्रबार विश्वासको मतका लागि बैठकमा प्रस्ताव राखिने बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइरालाले मुख्यमन्त्री आचार्यले संविधानको उल्लंघन गरेको आरोप लगाए। प्रदेशसभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले प्रस्ताव राखेपछि सबै सांसद मिलेर विफल बनाईने उनले बताए। 

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत लिनका लागि ४६ सांसद आवश्यक हुन्छ। ९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेका ४१ जना मात्र सांसद छन्। प्रदेशसभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १-१ सांसद छन्।

प्रकाशित: Oct 22, 2021| 07:10 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...