शुक्रबार, भदौ ५, २०८३

एमालेको महाधिवेशन बुटवल होइन, चितवनमा हुने

नेकपा (एमाले) ले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– नेकपा (एमाले) ले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ। बिहीबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको आगामी मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो। 

यसअघि विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी ओलीले पार्टीको १० औं महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका थिए। तर बिहीबारको बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

बैठकले पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ। प्रवक्ता ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १–१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहने बताए। 

बैठकले पार्टीको हालै सम्पन्न विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्ने सबैप्रति धन्यवाद समेत दिएको छ। एमाले स्थायी समिति बैठकले पार्टीको विधान महाधिवेशनले पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध बनाएको निष्कर्ष पनि निकालेको प्रवक्ता ज्ञवालीले बताए। 

एमालेले हालै आएको बाढी, पहिरो, हिमपात र डुवानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ। त्यसैगरी प्राकृतिक विपत्तिपरी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरिएको प्रवक्ता ज्ञवालीले बताए। बैठकले विपत्तिमा परेकाहरुलाई राहत र उद्धारको कार्यमा जुटन पार्टीका सिंगो पंक्तिलाई आह्वान समेत गरेको छ।


प्रकाशित: Oct 21, 2021| 20:12 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...