शनिबार, वैशाख १५, २०८१

आर्यन खानको बारेमा किन बोलेनन् आमिर, अजय र अक्षय ?

बलिउड अभिनेता शाहरुख खानका छोरालाई छुटाउन प्रयास भए पनि अदालतमा पुगेर त्यो विफल भइसकेको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

मुम्बई- पछिल्लो केही दिनयता शाहरुख खानपुत्र आर्यन खान चर्चामा छन्। उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले एक जहाजबाट ड्रग केसमा प्रकाउ गरेको थियो। उनीसहित आठजनालाई एनसीबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

triton college

बलिउड अभिनेता शाहरुख खानका छोरालाई छुटाउन प्रयास भए पनि अदालतमा पुगेर त्यो विफल भइसकेको छ। आर्यनसँग ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भए पनि उनीसँगै रहेका साथीसँग भेटिएकै कारण उनी जेलमा छन्। 

सरकारी वकिलले आर्यनसहित सम्पूर्णमा एकै मुद्दा बनाएर कारबाही गरिरहेको छ। आर्यन पक्राउ परेसँगै बलिउडकर्मीले उनलाई सान्त्वना दिइरहेका छन्। विशेषत: सलमान खानले उनलाई भेटेर आवश्यक सहयोग पनि देखाइरहेका छन्। तर, आमिर खान, अक्षय कुमार र अजय देवगन केही बोलेका छैनन्। त्यसो त शाहरुखसँग यिनीहरूको सम्बन्ध पनि त्यति राम्रो छैन। तर, स्टार किड भएकाले उनीहरूले आर्यनको बारेमा बोल्ने अपेक्षा हुन सक्छ। 

उनीहरूले नबोलेको बारेमा बलिउड फिल्म, गीत र सिरिजको युट्युबमा समीक्षा गर्ने कमल राशिद खान अर्थात् केआरकेले सामाजिक सञ्जालमा लेखेका छन्। उनले 'यो बलिउड परिवार हो' भन्दै यी अभिनेताले आर्यनको बारेमा नबोल्नुको कारण आफ्नो अनुसन्धानअनुसार प्रस्ट्याएका छन्। आमिरले नबोल्नुकाे कारणबारे उनी सामाजिक सञ्जालमा लेख्छन्, 'आमिरले एक साथीलाई भने म शाहरुखको मित्र पनि होइन र दुश्मन पनि। त्यसैले यस विषयमा मेरो कुनै लेनादेना छैन।' उनले आमिरको यो भनाइलाई व्यंग्य गर्दै 'यही बलिउड परिवार हो' भनेरसमेत लेखेका छन्। 

अजयको प्रसंगलाई पनि उनले सामाजिक सञ्जालमा लेखेका छन्। 'अजयले एक पानमसालाको विज्ञापन एक्लै छायांकन गरेका छन्। उक्त एड शाहरुखसँग थियो। शाहरुखले एड क्यान्सिल गरे पनि अजयले आफ्नो भागको छायांकन गरे। र, उनले शाहरुखको निजी समस्याको कारणले दोहोराएर विज्ञापन नगर्नेसमेत बताएका छन्,' केआरकेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले यसलाई पनि व्यंग्य गर्दै 'यही त परिवार हो' भनेर लेखेका छन्। 

corrent noodles
Metro Mart

अक्षय कुमारको बारेमा पनि केआरकेले सामाजिक सञ्जालमार्फत नै आर्यनको बारेमा नबोलेको सन्दर्भलाई उल्लेख गरेका छन्। उनी लेख्छन् ,'न त म शाहरुखको विपक्षमा छु, न त उनको समर्थनमा। उनको छोराले गलत गरेका हुन् भने उनले कानुनअनुसार सजाय भोग्नु पर्छ।'

केआरकेले सामाजिक सञ्जालमार्फत बलिउड बाहिरबाट देखिँदा एक परिवार देखिए पनि भित्रको वास्तविकता फरक रहेको सन्दर्भलाई उल्लेख गरिरहेका छन्। उनले कुनै अपराध पनि नगरेर आर्यनलाई २० दिनसम्म जेलमा राखिएकोप्रति रोष प्रकट गरेका छन्। 'कुनै अपराध नै नगरी कसरी उनलाई २० दिनसम्म जेलमा राखिएको छ ?' उनले प्रश्नसमेत उठाएका छन्। बारम्बार जमानत रद्द भएपछि आर्यनको वकिलले जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन्। - न्युज कारखाना


प्रकाशित: Oct 22, 2021| 00:00 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्