मंगलबार, चैत ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • वर्षा प्रभावित किसानलाई राहत दिन तथ्यांक संकलन गर्दै प्रदेश २ सरकार

वर्षा प्रभावित किसानलाई राहत दिन तथ्यांक संकलन गर्दै प्रदेश २ सरकार

प्रदेश २ सरकारले अविरल वर्षा तथा हावाहुरीका कारण कृषि बालीमा क्षति पुगेका किसानहरुलाई राहत उपलब्ध गराउने तयारी गरेको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

जनकपुरधाम– प्रदेश २ सरकारले अविरल वर्षा तथा हावाहुरीका कारण कृषि बालीमा क्षति पुगेका किसानहरुलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विजय यादवले बालीनालीमा पुगेको क्षतिबारे विवरण संकलनपछि राहत उपलब्ध गराइने जानकारी दिए। 

health

यही कात्तिक १ र २ गते बेमौसमी रुपमा भएको बदलावका कारण अविरल वर्षा तथा हावाहुरीको प्रभावबाट कृषि बालीनालीमा परेको नकारात्मक प्रभावप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विवरण संकलन गर्ने कार्य सुरु गरिएको मन्त्री यादवले जानकारी दिए। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री यादवले डाटा संकलनपछि प्रदेश सरकारले राहत उपलब्ध गराउने जानकारी दिए। उनले भने, ‘डाटा नै संकलन नगरी राहत घोषणा गर्न सकिँदैन, हामी क्षतिको यकिन विवरण संकलन गरिरहेका छौं, त्यसपछि सरकारले राहत घोषणा गर्नेछ।’

उनले वर्षा तथा हावाहुरीको प्रभावबाट सम्पूर्ण प्रदेशवासीमा आर्थिक तथा मानसिक तनावको अवस्था आएको बताउँदै सरकारले किसानहरुका लागि राहतको घोषणा चाँडै गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘यस प्रदेशमा यो वर्ष करिब ४ लाख ३ हजार हेक्टरमा धान रोपाइँ भएको थियो। धानबाली भित्र्याउने बेलामा आएको अविरल वर्षाले किसानको मिहिनेत तथा लगानी खेर जाने हो कि भन्ने डर आउनु स्वभाविक नै हो। हालसम्म प्राप्त सूचना अनुसार फाटफुट रुपमा कटानी भएको पाजा (पसही) खेतमा नै डुबेको, हावाको बेगका कारण लामो उचाइ भएका जातहरु ढलेको बारे सूचनाहरु प्राप्त भइरहेको छ,‘ उनले भने।

खेतमा फलेको तरकारी बालीमा नोक्सानको साथै दलहन र तेलहन बाली लगाउन बाधा पर्न सक्ने र अहिले विभिन्न तरकारीका बेर्नाहरु नर्सरीमा हुर्काउने समय भएकोले उक्त बेर्नाको ब्याडहरुमा पानी जमेको जानकारीमा आइरहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, पशुपन्छीको सन्दर्भमा हालसम्म क्षतिको जानकारी प्राप्त नभएको तर मत्स्य पोखरीका डिलहरुमा फाटफुट क्षति पुगेको मन्त्री यादवले बताए। क्षतिको यथार्थ विवरण यकिन गर्न स्थानीय तहको ठूलो भूमिका रहेकोले उक्त कार्यमा प्रदेश सरकारलाई सहकार्य तथा सहयोग गर्न समेत मन्त्री यादवले अनुरोध गरे।

प्रकाशित: Oct 21, 2021| 13:32 बिहीबार, कात्तिक ४, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।