शुक्रबार, भदौ ५, २०८३

नेतृत्वले मूल्यमान्यता बिर्संदा कांग्रेस कमजोर : प्रकाशन सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यताविपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यताविपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्। धादिङमा बिहीबार आयोजित कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टी नेतृत्व विधि, पद्धति र मूल्यमान्यताअनुसार नचलेको बताए। 

उनले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनका  सक्षम नेतृत्व आवश्यक रहेको समेत बताए। पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो । साथै उनले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए। 

‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नुपर्दछ। क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उनले भने,  ‘यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनुपर्छ। यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’

अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाइ थियो।  

पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि बिग्रिएको उनको आरोप छ। अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नुपर्नेमा उनले जोड दिए। गणेशमान सिंहको परिवारले सधैं त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले बताए।  हरेका आन्दोलनमा आफूले संघर्ष गर्दै आएको भन्दै उनले  गणेशमानको छोरा भएर मात्र राजनीतिमा नआएको बताए।

प्रकाशित: Oct 21, 2021| 11:29 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...