आइतबार, वैशाख २७, २०८३

आर्यनको जमानत खारेज

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन्। मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

National life

मुम्बई-  बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन्। मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो।

आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो। एनसीबीले मुम्बईस्थित एनडीपीसी कोर्टमा ह्वाट एप्स च्याट पेस गरेको थियो। 

क्रुज ड्रग केसमा आर्यनसहित उनका आठ जना साथीलाई एनसीबीले प्रकाउ गरेको छ। अब शाहरुखका वकिलले आर्यनको जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन्। यस अगाडि पनि गत ७ अक्टोबरमा आर्यनको जमानतको अपिल मुम्बईस्थित किला कोर्टले खारेज गरेको थियो।

प्रकाशित: Oct 20, 2021| 19:15 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्