शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीले भने- एमालेको प्रतिस्पर्धा कांग्रेससँग, एसलाई जनताले बदर गरिदिन्छन्

ओलीले भने- एमालेको प्रतिस्पर्धा कांग्रेससँग, एसलाई जनताले बदर गरिदिन्छन्

‘हाम्रो बीचमा वैचारिक, सांगठनिक सबै हिसाबको लडाइँ छ। हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हो।’
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्माले अब मुलुकमा दुई पार्टी एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने बताएका छन्। काठमाडौंमा बुधबार आयोजित एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले अन्य दलसँग गन्तव्य, बाटो, प्रतिबद्धता र संकल्प केही पनि नरहेको बताए। 

उनले भने, ‘हाम्रो बीचमा वैचारिक, सांगठनिक सबै हिसाबको लडाइँ छ। हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हो।’ उनले अन्य दलहरू च्याँखे थाप्ने दाउमा मात्र रहेको बताए। ओलीले कांग्रेससँग जनताको बीचमा जाँदा लैजाने मुद्दा नरहेको दाबी गरे। उनले भने, ‘कांग्रेसले अहिले जनतासामु के देखाउने? के गरें भन्ने? अहिलेसम्म कांग्रेसले के गर्‍यो भन्ने? अब के गर्छु भन्ने?’

उनले चुनावबाट च्याँखेहरूलाई पनि अन्त्य गरिदिनुपर्ने बताए। यस्ता च्याँखे रहे भने फेरि गठबन्धन हुन सक्ने उनले बताए। ओलीले भने, ‘अनि यसो च्याँखे थापेर खालमा बस्छन् नि, खालमा बसेकाहरुको बीचमा उनीहरुले चाहिँ खेलछन् मोटामोटी। अनि च्याँखेले सानोतिनो रकम छ्यास्स यतापटिट, यटापट्टि भनेर हाल्छन्।’ 

‘दर्ता भए चुनावसम्म घस्रिएर जाने होइन? चुनावमा जनताले यस्तो पार्टी त दर्ता गर्दैन त। निर्वाचनमा आयोगमा दर्ता गरिएका यस्ता पार्टीलाई चुनावमा जनताले बदर गरिदिन्छन्।’

उनले भने ‘कसैलाई भनेजस्तो भएन भने पार्टी फोड्यो अनि एउटा पुच्छर समात्यो, च्याँखे थाप्यो। च्याँखेहरुलाई चाहिँ अन्त्य गर्नुपर्छ।’ अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने चेतावनीसमेत दिए। उनले अदालतले जनताबाट विश्वास गुमाइसकेको उल्लेख गर्दै आक्रोशसमेत व्यक्त गरे। 

उनले पार्टी दर्ता हुँदैमा केही पनि नहुने बताए। ओलीले भने, ‘दर्ता भए चुनावसम्म घस्रिएर जाने होइन? चुनावमा जनताले यस्तो पार्टी त दर्ता गर्दैन त। निर्वाचनमा आयोगमा दर्ता गरिएका यस्ता पार्टीलाई चुनावमा जनताले बदर गरिदिन्छन्।’ ओलीले अन्त केही भएन भने पनि लोकतन्त्रमा अदालतप्रति जनविश्वास अत्यत्तै महत्त्वपूर्ण रहेको भनाइ पनि राखे। 

उनले भने, ‘हामीलाई चिन्ता छ। अहिले हेर्नुस् अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र? जनताले केही भएन भने पनि अदालतमा न्याय पाउँछु भन्ने विश्वास गर्नुपर्ने होइन?’ ओलीले वर्तमान सरकार आलोचना गर्न पनि लायक नरहेको बताए। उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दाबीसमेत गरे। 

अध्यक्ष ओलीले भने, ‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो। यो नायककको होइन निमित्त नायकको सरकार हो।’ उनले सरकार पर्दापछाडि अरु कसैबाट चलेको टिप्पणी पनि गरे। ओलीले भने, ‘टिप्पणी गर्न पनि लायक रहेन यो सरकार। जसको हातमा नायबी छ, पर्दा पछाडि छ के भन्नु? जो अगाडि छ, विचरा, अर्काले चलाएको नायबीमा चलेको छ।’

‘साँच्चै यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ? भित्रकाले चलाएको छन् कि बाहिरकाले चलाएका छन्? पर्दा पछाडिकाले चलाएका छन् कि पर्दा अगाडिकाले?’ 

सरकार कसैले चलाएको हो भनेर कसैले उत्तर दिन नसक्ने उनको भनाइ छ। उनले भने, ‘साँच्चै यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ? भित्रकाले चलाएको छन् कि बाहिरकाले चलाएका छन्? पर्दा पछाडिकाले चलाएका छन् कि पर्दा अगाडिकाले?’ 

अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताए। अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको दाबी ओली छ। अध्यक्ष ओलीले कांग्रेस अगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि ऊसँग जनतामा जाने कुनै एजेन्डा नरहेको बताए। उनले भने, ‘देशलाई चाहिएको एउटै मात्रै कुरा छ–जम्माजम्मी एउटै मात्रै कुरा के हो भने एमालेको दिग्विजय। एमालेको विजय चाहिएको छ। एमालेको विजय भएन भने केही पनि हुँदैन।’ 

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेताकार्यकर्तालाई सचेत गराएका छन्। 

प्रकाशित: Oct 20, 2021| 17:30 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...