बिहीबार, असार ४, २०८३

ठाउँठाउँमा बाढीपहिरोको चपेटा [११ तस्बिरमा]

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ४५ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै १४ जनाको मृत्यु भएको छ
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौैं– अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ४५ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै १४ जनाको मृत्यु भएको छ। यस्तै इलाममा ८, धनकुटामा ६ जना, पाँचथरमा सात, हुम्लामा ६ जना, सुनसरीमा २ जना, सिन्धुली र कालीकोटमा एकरएक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

National life

पहिरोमा पुरिएर बझाङमा २४ र इलाममा ७ जना बेपत्ता भएका छन्। सुदूरपश्चिमको डोटीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनासहित ९ जनाको ज्यान गएको छ। तराई तथा तटवर्ती क्षेत्रका बस्ती डुबानमा परेका छन् भने बेमौसमी बाढीका कारण धानबालीमा क्षति पुगेको छ।

लगातार तीन दिनदेखि परेको अत्यधिक वर्षाका कारण मोहुली खोलमा आएको बाढीले सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियाको बस्तीमा पसेको पानी।  तस्बिर : रासस

Shivam cement

झापाको दमक–७ स्थित पशुहाट बस्तीमा रतुवा खोलामा आएको बाढीले एउटा घर बगाउने क्रममा। तस्बिर : रासस

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आइतबार रातिदेखि भइरहेको अविरल वर्षासँगै भएको डुवान र बाढी जस्ता प्राकृतिक विपद्को घटनामा जोखिमा परेका नागरिकको उद्वारमा गर्दै नेपाल प्रहरीको टोली। तस्बिर : रासस

तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले भत्काउनै थालेको भेरीखोला साना जलविद्युत आयोजनाको विद्युत गृह। तस्बिर : रासस

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं १ भारदहमा पाक्न लागेको धानबालीमा बेमौसमी वर्षा र हाबाहुरीको कारण पुर्‍याएको क्षति । तस्बिर : रासस

कर्णाली नदीबाट आएको बाढीले इलाका प्रहरी कार्यालय टीकापुर डुबानमा। कर्णालीमा पानीको बहाव अत्यधिक भएपछि रानी जमरा कुलरिया कुलाको पानी गाउँ हुँदै बजार पुगेको हो। तस्बिर : रासस

बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाडमा सेती नदीमा आएको बाढी। 

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुक कोटामा वर्षा र हुरीका कारण खेतमा  ढलेको धान।  तस्बिर : रासस

जुम्लाको तिलागाउँपालिका–४, नुवाकोटस्थित बाढीले पुरेको सेतीवाडा माध्यमिक विद्यालय। तस्बिर : रासस

तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले डुबेको धानबाली।  तस्बिर : रासस

 




 




 





 




 




 




 



 


 


.


 

प्रकाशित: Oct 20, 2021| 13:18 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।