शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसी नेपालको कानुनभन्दा माथि छ भनेर बखेडा झिकियो : प्रधानमन्त्री देउवा

एमसीसी नेपालको कानुनभन्दा माथि छ भनेर बखेडा झिकियो : प्रधानमन्त्री देउवा

‘जनताका अपेक्षा सधैं धेरै हुन्छन्, त्यो स्वाभाविक कुरा हो। नेपालमा अझै गरिबी छ, सबैका आकांक्षा पूरा गर्न त सकिएको स्थिति छैन। तर अहिले कमसेकम अन्योल अवस्थाबाट ग्रस्त भएको देशलाई मूलमार्ग (लिक) मा ल्याएका छौं’,
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको कानुनभन्दा माथि रहेको भनेर बखेडा झिक्ने काम भएको बताएका छन्। सरकार गठनको १०० दिन पुगेको अवसरमा गोरखापत्रलाई दिएको अन्तर्वार्तामा उनले एमसीसीका बारेमा झूटा प्रचार गर्ने काम भएको बताएका हुन्। उनले एमसीसी नेपाललाई दिइएको ग्रान्ड भएको भन्दै केही तत्त्वले एमसीसीका नाममा बखेडा झिक्न खोजेको आरोप लगाएका छन्।

‘एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन। एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’ हो। ब्याजमा होइन यो। ऋण होइन, अनुदान हो। केही तत्त्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन्। त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ,’ उनले भनेका छन्, ‘त्यही पनि एमसीसीमा ‘करेक्सन’ गर्न अमेरिका तयार छु भनेको छ। अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ।’ 

उनले  विश्व बैंकसँग ऋण लिएर कुनै विषयमा झगडा भयो भने अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने र एडीबी, आईएमएफमा पनि त्यस्तै हुने बताउँदै जति पनि ऋण छन् त्यस विषयमा मुद्दा परेमा अन्तर्राष्ट्रिय कानुनअनुसार जाने बताएका छन्। ऋणका सन्दर्भमा झगडा भए नेपालको कानुनले हेर्नै नपाउँने भन्दै देउवाले सोही सन्दर्भलाई नेपालको कानुनभन्दा माथि भनेर बखेडा निकालिएको बताएका छन्।

‘जनताका अपेक्षा सधैं धेरै हुन्छन्, त्यो स्वाभाविक कुरा हो। नेपालमा अझै गरिबी छ, सबैका आकांक्षा पूरा गर्न त सकिएको स्थिति छैन। तर अहिले कमसेकम अन्योल अवस्थाबाट ग्रस्त भएको देशलाई मूलमार्ग (लिक) मा ल्याएका छौं।’

प्रधानमन्त्री देउवाले सरकारले सय दिनको अवसरमा केही सकारात्मक काम गरेको दाबी गरेका छन्। ‘एकदमै ठूलो राहतको घोषणा गरेको छ त म भन्दिनँ तर पनि केही राहतका कार्यक्रम अगाडि बढाएका छौं। सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता प्रदान गर्ने निर्णय गरेको छ। महामारीका कारण हातमुख जोर्न र दैनिक गुजारा चलाउनै हम्मेहम्मे परेका अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजारका दरले राहत दिने घोषणा पनि गरेको छ,’ उनले भनेका छन्। 

बाढीपहिरो र डुबानको समस्या भोग्नुपरेको भन्दै उनले बाढीपहिरोबाट पीडितहरूलाई खाद्यान्नलगायतको सहयोग पनि उपलब्ध गराएको बताएका छन्। उनले जनताका अपेक्षा धेरै हुनु स्वाभाविक रहेको भन्दै सबैका आकांक्षा पूरा गर्न नसकिएको स्वीकारोक्तिसमेत गरेका छन्। ‘जनताका अपेक्षा सधैं धेरै हुन्छन्, त्यो स्वाभाविक कुरा हो। नेपालमा अझै गरिबी छ, सबैका आकांक्षा पूरा गर्न त सकिएको स्थिति छैन। तर अहिले कमसेकम अन्योल अवस्थाबाट ग्रस्त भएको देशलाई मूलमार्ग (लिक) मा ल्याएका छौं’, उनले भनेका छन्, ‘यो सरकारले आवधिक निर्वाचन (पिरोडिक इलेक्सन) समयमै गर्नुपर्नेछ। हामीले संविधान बनाउने क्रममा नै पार्लियामेन्ट पटक–पटक भंग गर्ने प्रवृत्तिलाई रोकेका छौं।’ उनले कोरोना भाइरसको संक्रमण रोकथाम र न्यूनीकरणमा सफलता मिलेको भन्दै चैतसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्। 

उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसद्मा अवरोध नगर्न आग्रहसमेत गरेका छन्। संसद्को गतिरोध अन्त्यका लागि छलफल गर्न एमाले अध्यक्ष ओलीलाई बोलाए पनि नआएको गुनासो उनको छ।

‘कतिपटक बोलाएको आउनुभएन। मान्छे पठाउन र म आफैं जान तयार छु। यो सदन चल्न दिनुपर्छ। हामी संसद् मान्ने दलले संसद् चल्न दिएनौं भने के मान्यता भयो त?’ उनले भनेका छन्, ‘संसदीय प्रणालीमा आइसकेपछि संसद्लाई निर्बाध चल्न दिनुपर्छ। हुन त विरोध भए पनि विधेयक पारित त गरिएकै छ। उहाँहरू कराउँदै गर्नुहुन्छ, यता पारित भएकै छ। तर यसले पनि उहाँहरूलाई के राम्रो गर्‍यो? संसद्को छलफलमा भाग लिएको भए हुन्थ्यो, उहाँहरूसँग पनि एकसेएक बोल्ने मान्छे छन्। सरकारले ल्याएका विधेयकमा बोल्नुपर्थ्यो’

प्रकाशित: Oct 20, 2021| 12:07 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...