सोमबार, फागुन १८, २०८२

हुम्लामा पहिरोले घर पुरिँदा एकै घरका ६ जना बेपत्ता

हुम्ला पहिरोले घर पुरिँदा ६ जना बेपत्ता भएका छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

सुर्खेत- हुम्ला पहिरोले घर पुरिँदा ६ जना बेपत्ता भएका छन्। पहिराले खार्पुनाथ गाउँपालिका ५ खर्पेलगाउँका धनविरे शाहीको घरमा पुरिँदा उनीसहित कलबहादुर शाही, धोक्ची शाही, हुमेश शाही, अलिन्द शाही र दुई वर्षिय नाबालक बेपत्ता भएका हुन्।

कलबहादुर र धोक्ची श्रीमान् श्रीमती हुन् भने हुमेश र दुई वर्षे नाबालक उनीहरूकै छोराहरू हुन् । मंगलबार राति ८ बजेतिर घर माथिबाट आएको पहिरोले परिवारका सबै सदस्यलाई पुरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । वर्षा नरोकिएको र रात परिसकेका कारण बेपत्ताको खोजी गर्न समस्या भएको हुम्लाका डीएसपी हेरम्भ शर्माले जनाए।

पहिरोले घर पुरिँदा ६ जना बेपत्ता भएको जानकारी आएको छ। स्थानीयलाई उद्धारमा खटिना भनेका छौ तर रात परिसकेका कारण उद्धारमा कठिनाइ भएको छ।  टेलिफोनको समस्या, निरन्तरको वर्षा र रातिको समय भएका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन।

सदरमुकाम सिमकोटबाट घटनास्थल झण्डै चार घण्टाको पैदल दुरीमा छ । घटनास्थल नजिकै रहेको याङचु प्रहरी चौकीमा हिमपात र वर्षाका कारण टेलिफोन सम्पर्क हुन सकेको छैन । तीन दिनदेखि परेको अविरल बर्षाका कारण हुम्लाको उत्तरी भेगमा हिमपात भएको छ।

प्रकाशित: Oct 20, 2021| 06:31 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।