सोमबार, फागुन १८, २०८२

मार्सी धान फल्ने जुम्लाका फाँटमा पस्यो बाढी

केही दिनदेखिको निरन्तर बर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन्। भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन्।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

जुम्ला- केही दिनदेखिको निरन्तर बर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन्। भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन्। 

तातोपानी गाउँपालिकाको नियापानीमा करिब सय रोपनी खेतमा लगाएको धान बाढीले बगाएको स्थानीय जग्ती सार्कीले बताए। उनले भने, ‘बाढीले ग्रिरीखोला जालपदेवी जलविद्युत आयोजनाको बाँध पनि भत्काएको छ। दुई दिनदेखि बत्ती अवरुद्ध छ।’ वर्षा र बाढीका कारण सुमलसाँघु र लामाचौरको काठेपुल बगाउँदा अवतजावतमा समेत कठिनाइ भएको छ। उनका अनुसार स्थानीय भान्या सार्कीको घरमा बाढी पसेर क्षति पुगेको छ। उनको खेतबारी पनि बगाएको छ। 

यस्तै, नाग्म–गमगडी राजमार्ग पनि बन्द भएको छ। रारालिही क्षेत्रका नदी छेउछाउका बासिन्दालाई सर्तकता अपनाउन प्रहरी प्रशासनले माइकिङ गरिरहेको छ। बाढीले तिला गाउँपालिकाको सापुल्ली, नुवाकोट र कुडारी बजारको तिखुनी ज्युलाका खेत बगाएको तिला गाउँपालिका–३ का परिलाल कठायतले बताए । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षेति भएको क्षेत्र तातोपानी र तिलातर्फ गएको छ। प्रजिअ प्रसाईले बर्षा र बाढी बढेकाले जोखिम क्षेत्रको अवस्था बुझ्न तिला नदीको छेउछाउ र सापुल्ली गएको बताइन। उनका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका बस्तीमा क्षेतिबाट जोगिन सतर्कता अपनाउन अग्रह गरिएको छ। नदी र खोलाको छेउछाउका र पुराना घरमा नबस्न अनुरोध गरेको उनले बताइन।

प्रहरीले तिलाको सेरी बजार क्षेत्रको नदी क्षेत्रका घरमा नबस्न माइकिङ गरिएको छ। यस्तै, नदी छेउछाउ र खोला किनार, सडकमा समेत हिँड्डुल गर्न र जोखिमबाट बच्न आम नागरिकलाई प्रमुख जिल्ला अधिकारी प्रसाईले सुझाव दिइन।

kumari

अहिले मार्सी धान फल्ने फाँट पानीले भरिएका छन् भने काटेका धान खेतमै कुहिन थालेका छन्। यसबेलाको वर्षाले सबैभन्दा बढी बालीनालीमा क्षेति पुगेको जुम्लाबासीले बताएका छन्। तर कतिपय ठाउँमा संचार पहँुच नभएकाले क्षेतिको विवरण एकिन हुन सकेको छैन। -न्युज कारखाना 


प्रकाशित: Oct 19, 2021| 18:35 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।