शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कात्तिक ९ मा तय गरिएको प्रतिनिधि सभाको बैठक ११ गतेसम्मका लागि स्थगित

कात्तिक ९ मा तय गरिएको प्रतिनिधि सभाको बैठक ११ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको कात्तिक ९ गते बोलाइएको बैठक कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं- प्रतिनिधिसभाको कात्तिक ९ गते बोलाइएको बैठक कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको छ। उक्त बैठक दुई दिनपछि सार्दै कात्तिक ११ गते दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ।

यसअघि बसेको प्रतिनिध सभाको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले कात्तिक ९ गने दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए। तर, मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश भनेर उक्त बैठक स्थगित गरिएको हो। 

सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।'

प्रतिनिधि सभाका पछिल्ला बैठकहरुमा नेकपा एमालेले लगातार अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधका बीच पनि संसद् बैठक सञ्‍चालन भइरहेको थियो। एमालले पार्टीले कारबाही गरेका १४ जना सांसद्लाई सभामुखले पनि कारबाही गरेको सूचना जारी गर्नुपर्ने माग गरिरहेको छ। 

प्रकाशित: Oct 19, 2021| 14:51 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...