काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो।
पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ भने टोल सम्मेलन कात्तिक २७ गतेसम्म गरिसक्ने प्रवक्ता कृष्णबहादुर महराले जनाकारी दिए। उनका अनुसार वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ। पालिका सम्मेलन मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्ने गरी कार्यतालिका संशोधन भएको छ। प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराले बताए।
महराले भने, ‘पार्टीमा प्रवेश गरेका विभिन्न सांगठनिक विषयका बारेमा पनि छलफल भएको छ। यसमा कार्यदलले एउटा प्रतिवेदन प्रस्तुत गरेको छ। प्रतिवेदनमा विभिन्न ४५ साना ठूला दलले निर्णय गरेका छन्।
यस्तै माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ। निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५/२५ सदस्यीय गठन गरेको छ। निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ, लेखा आयोगमा पेशलकुमार पोखरेल र अनुशासन आयोगमा टंक राई अध्यक्षता तोकिएका छन्। माओवादी केन्द्रले भूगोलभन्दा बाहिर काम गर्ने कार्यकर्ताको विशेष समिति गठन गरेको छ। जसमा १७५ जना सदस्य छन्।
महराले भने, ‘पार्टीमा प्रवेश गरेका विभिन्न सांगठनिक विषयका बारेमा पनि छलफल भएको छ। यसमा कार्यदलले एउटा प्रतिवेदन प्रस्तुत गरेको छ। प्रतिवेदनमा विभिन्न ४५ साना ठूला दलले निर्णय गरेका छन्।’ उनका अनुसार कार्यदलले गरेको छलफल अनुमोदन भएको छ। माओवादी केन्द्रको अर्को स्थायी कमिटीको बैठक कात्तिक ४ गते बिहीबार बिहान ८ बजे बस्ने प्रवक्ता महराले बताए।