सोमबार, जेठ १५, २०८०

किन हुँदैन भन्सालीसँग सलमानको सहकार्य?

सञ्जय र सलमानले ‘हम दिल दे चुके सनम’जस्ता फिल्म पनि दिएका छन्। त्यसपछि उनले सँगै काम गरेका छैनन्। सलमानले सञ्जयको फिल्म ‘सावरिया’मा केमियो भने गरेका थिए।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं- केही समय अगाडि सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आयो। यद्यपि, भनिएको त्यो प्रोजेक्टले मूर्तरुप पाउन सकेन। सञ्जय र सलमानको मनमुटावकैबीच प्याचअप भएको खबरको चर्चा सेलाउन नपाउँदा फिल्म नै रोकियो। 

Everest Bank

सञ्जय र सलमानले ‘हम दिल दे चुके सनम’जस्ता फिल्म पनि दिएका छन्। त्यसपछि उनले सँगै काम गरेका छैनन्। सलमानले सञ्जयको फिल्म ‘सावरिया’मा केमियो भने गरेका थिए।

तर, दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका छन्, जुन अझै पूरा भएको छैन।  सञ्जयलाई उनको डेब्यु फिल्म ‘खामोसी’मा साथ् दिएका सलमानले ‘हम दिल दे चुके सनम’पछि भने साथ दिएनन्।

आखिर किन त? सलमान र सञ्जयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो। त्यसपछि सलमानले ‘साँवरिया’मा मात्र केमियो गरे। सलमान किन रिसाए त ? दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछि सञ्जयले तेस्रो फिल्मको तयारी थाले।

उनको तेस्रो फिल्म थियो ‘देवदास’। उक्त फिल्ममा सञ्जयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन्। आफूले गाह्रो समयमा सञ्जयलाई सहयोग गरेको, तर सफल भएपछि उनले बेवास्ता गरेको लागेपछि सलमान सञ्जयसँग टाढिए।

National life insurance
Metro Mart

त्यसपछि ‘साँवरिया’मा भने उनका मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनाम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले सलमान केमियो गर्न तयार भएका थिए। त्यसपछि सलमानले सञ्जयको धेरै फिल्मको अफरलाई अस्वीकार गरे।

तर, पछिल्लो समय सलमानले आफैँले लभ स्टोरीमा देखिने चाहना व्यक्त गरेपछि सञ्जयले सुनाएको स्टोरी मन परेकाले फिल्म गर्न तयार भएका थिए। त्यसले पनि निरन्तरता पाएन। पछिल्लो समय सलमानलाई दर्शकले प्रेम अवतारमा देख्न चाहेका छन्, तर त्यो पूरा हुन सकेको छैन। -न्युज कारखाना 

प्रकाशित: Oct 18, 2021| 10:00. 00 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

निर्माण सकिएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायत विषय समेटिएका छन्। 

गुलजार भन्छन् – रहर मर्नु भनेको बाँच्न छोड्नु हो

मान्छे बाँचुन्जेलसम्म मनमा थुप्रै रहरहरु लिएर बाँचेको हुन्छ। कुनै पनि रहर सकिएको हुँदैन। रहरहरु मर्नु भनेको बाँच्न छोड्नु हो।